गभर्नर अधिकारीको रिटमाथि मंगलबार सुनुवाइ हुने

<p>काठमाडौं । निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध दायर गरेको रिटको पेशी मंगलबारका लागि तोकिएको छ । गभर्नर अधिकारीले सरकारको निर्णय खारेज गरेर आफूलाई निरन्तर काम गर्न दिने गरी अन्तरिम आदेश माग गर्दै हिजो सर्वोच्च अदालत गएका थिए । उनको रिट निवेदनमा अध्ययन गरेपछि सर्वोच्च प्रशासनले दर्ता गरेको हो । सरकारले अवैध रुपमा आफूमाथि कारबाही प्रक्रिया [&hellip;]</p>

काठमाडौं । निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध दायर गरेको रिटको पेशी मंगलबारका लागि तोकिएको छ ।

गभर्नर अधिकारीले सरकारको निर्णय खारेज गरेर आफूलाई निरन्तर काम गर्न दिने गरी अन्तरिम आदेश माग गर्दै हिजो सर्वोच्च अदालत गएका थिए । उनको रिट निवेदनमा अध्ययन गरेपछि सर्वोच्च प्रशासनले दर्ता गरेको हो ।

सरकारले अवैध रुपमा आफूमाथि कारबाही प्रक्रिया सुरु गरेको भन्दै अधिकारी सर्वोच्च गएका हुन् ।

Share News