कञ्चनजंगा हिमालको सफाइमा युनिलिभरले सेनासँग हातेमालो गर्ने

<p>काठमाडौं । नेपाली सेनाको सक्रियतामा जारी हिमाल सफाइ अभियानअन्तरगत कञ्चनजंगा हिमालको सफाइमा युनिलिभरले सहकार्य गर्ने भएको छ । नेपाली सेनाले सफा हिमाल अभियान–२०२२ मा ८ हजार मिटरमाथिका सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु गरी चार हिमालको सफाइ सञ्चालन गरिरहेको छ । उक्त चार हिमालमध्ये युनिलिभरले कञ्चनजंगामा सहकार्य गर्ने भएको हो । युनिलिभरका अनुसार हिमाललाई फोहोरबाट स्वच्छ [&hellip;]</p>

काठमाडौं । नेपाली सेनाको सक्रियतामा जारी हिमाल सफाइ अभियानअन्तरगत कञ्चनजंगा हिमालको सफाइमा युनिलिभरले सहकार्य गर्ने भएको छ । नेपाली सेनाले सफा हिमाल अभियान–२०२२ मा ८ हजार मिटरमाथिका सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु गरी चार हिमालको सफाइ सञ्चालन गरिरहेको छ ।

उक्त चार हिमालमध्ये युनिलिभरले कञ्चनजंगामा सहकार्य गर्ने भएको हो । युनिलिभरका अनुसार हिमाललाई फोहोरबाट स्वच्छ राख्न राष्ट्रिय सरसफाइ कार्यक्रमसँग दोस्रो सहकार्य गरेको हो । हिमालको संरक्षण गर्ने र चुचुरो/हिमाल हरू सरसफाई गरी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने उद्देश्यले बहुपक्षीय कार्यक्रम सञ्चालन गरिएको हो ।

नेपाली सेनाको मुख्यालय, जङ्गी अड्डा काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु आरक्ष निर्देशानालयका निर्देशक सहायक रथी हिमांशु खड्काले दोस्रो पटकको निरन्तरताका लागि युनिलिभर नेपाललाई बधाइ दिएका छन् ।

युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीका अनुसार युनिलिभरले फोहोर संकलन, छुट्याउने, सञ्चित फोहोरको पुनः प्रयोगमा नयाँ कीर्तिमान कायम गर्ने लक्ष्य राखिएको छ ।

युनिलिभर पृथ्वीको वातावरणीय स्वास्थ्य सुधार गर्न प्रतिबद्ध रहेको कम्पनीले जनाएको छ ।

Share News