यी ३ पाँचतारे होटल : सरकारको नियम टेर्दैनन्, सवा अर्ब राजश्व नतिरेरै निर्वाध सञ्चालन

<p>काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर र दरबारमार्गमा सञ्चालित पाँच तारे होटलले सरकारको नियम उल्लंघन गरेका छन् । नयाँ बानेश्वरमा रहेको होटल एभरेष्ट र दरबारमार्गमा रहेको याक एन्ड यतीले सरकारको नियम उल्लघंन गर्दै नवीकरण बिनै होटल सञ्चालन गर्दै आएका हुन् । पोखरामा सञ्चालित होटल द फुलबारी पनि नवीकरण भएको छैन । तीन वटै होटलले सवा एक [&hellip;]</p>

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर र दरबारमार्गमा सञ्चालित पाँच तारे होटलले सरकारको नियम उल्लंघन गरेका छन् । नयाँ बानेश्वरमा रहेको होटल एभरेष्ट र दरबारमार्गमा रहेको याक एन्ड यतीले सरकारको नियम उल्लघंन गर्दै नवीकरण बिनै होटल सञ्चालन गर्दै आएका हुन् ।

पोखरामा सञ्चालित होटल द फुलबारी पनि नवीकरण भएको छैन । तीन वटै होटलले सवा एक अर्ब रुपैयाँ बक्यौता तिर्न बाँकी छ । फूलवारीले ७९ करोड बढी बक्यौता तिर्न बाँकी छ ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले दिएको होटलको मान्य अवधि (इजाजत्र पत्र) नविकरण नै नगरि दुई होटल बिगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको जनाएको छ ।

याक एण्ड यतीलाई विभागले दिएको पाँच तारे होटलको अनुमति २०७५ को फागुन २२ गते र एभरेष्टको २०७५ कै कात्तिक १२ गते सकिएको छ ।

प्रत्येक पाँच/पाँचँ बर्षमा गर्नुपर्ने होटल नविकरण फेल भएको तीन वर्षदेखि राजधानीमै दुई पूराना पाँचतारे होटल बिना नविकरण सञ्चालन हुँदै आएतापनि कसैले ध्यान दिएका छैनन् ।लामो समयदेखि नवीकरण नै नभई सो होटलहरु सञ्चालित हुँदै आएका हुन् ।

विभागका होटल तथा क्यासिनो शाखाका अधिकृत खेमराज जोशी होलटमा सञ्चालन गरिएको क्यासिनोले सरकारलाई बुझाउनु पर्ने बक्यौता रकम करोडौँ भएपछि होटलको नविकरण रोकिएको बताउँछन् ।

पटक/पटक ताकेता गर्दा समेत बक्यौता रकम भुक्तानी नगरेपछि केही समय अघि विभागले याक एण्ड यती होटलको लाइसेन्स नै खारेज गरेको थियो ।

विभागले लाइसेन्स खारेज गरेपछि २२ करोड ५८ लाख ४१ हजार रुपैयाँ बक्यौता भुक्तानी नगरी होटलले सर्वाेच्चमा मुद्धा दर्ता गराएको छ ।

सञ्चालन नै नभएको क्यासिनोको बक्यौता रकम भुक्तानी नगर्ने भन्दै होटल अदातल गएको होे । क्यासिनोको बक्यौता रकम भुक्तानी गर्न बारम्बार ताकेता गर्दा पनि आवश्यक प्रक्रिया पूरा नगरेपछि होटल नवीकरण नगरीएको विभागका सूचना अधिकारी मोहन जिसीले जानकारी दिए ।

‘हामीले क्यासिनोको बक्यौता बुझाउन पटक/पटक निर्देशन दिदा समेत सुनुवाई नभएपनि होटलकै नविकरण रोकेका हौँ,’ उनले भने, ‘पुरानो बक्यौता शुल्क तिरेपछि मात्रै नविकरण हुन्छ ।’

भारतीय लगानीकर्ता राधेश्याम सर्राफले सञ्चालन गर्दै आएको होटल याक एन्ड यती र मस्कुर अहमद तारीले सञ्चालन गरेको एभरेष्ट होटलले गत आर्थिक बर्ष २०७२/०७३ देखी सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम भुक्तानी गरेका छैनन् ।
एभरेष्ट होटलले १५ करोड ८० लाख बढी बक्यौता रकम रहेको छ ।

होटल नवीकरण नगरेपछि विभागले विदेशी मुद्रा कारोबारदेखि विदेशी कामदार सिफारिस रोकेको छ । यसअघि विभागकै होमस्टे तथा होटल शाखाले कामदार सिफारिस रोक्दा रोक्दै दबाबकै कारण याक एण्ड यतीलाई विदेशी कामदार सिफारिस दिइएको थियो ।

Share News