काठमाडौं । बसन्त यामको हिमाल आरोहणको सिजन सुरु भएको छ । यस वर्षको आरोहण सिजन सुरु भएसँगै पर्यटन विभागले विभिन्न ३ हिमाल आरोहणका लागि आरोहण अनुमति जारी गरेको छ ।
आरोहीको माघ अनुसार विभागले सोमबारसम्म ७ हजार ४५५ मिटर उचाईमा रहेको गंगापूर्ण, ७ हजार १२६ मिटर उचाईमा रहेको हिमलुङ र ८ हजार १६७ मिटर उचाईमा रहेको धवलागिरी हिमाल आरोहणका लागि अनुमति जारी गरेको हो ।
विभागबाट २ समूहका १६ आरोहीले हिमलुङ, ११ जनाले धवलागिरी र २ जनाले गंगापूर्ण हिमाल आरोहणको अनुमति लिएका छन् ।
विभागका निर्देशक सुर्यनाथ उपाध्यायका अनुसार तीन हिमाल आरोहणका लागि चार समूहका २९ जनाले अनुमति लिएका छन् । अनुमति लिने सबै विदेशी आरोहीहरु हुन ।
उक्त आरोहण अनुमतिबाट विभागले ३५ लाख बढी राजश्व संकलन गरेको छ ।