विराटनगर विमानस्थलमा क्यालिब्रेसन उडान, २ घण्टा एयरपोर्ट बन्द

<p>काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर विमानस्थलमा क्यालिब्रेसन उडान गर्ने भएको छ । प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि १ बजेसम्म सो विमानस्थलमा क्यालिब्रेसन उडान गर्न लागेको हो । विमानस्थलमा जडान गरिएको यान्त्रिक उपकरणको परीक्षणका लागि क्यालिब्रेसज उडान भएपछि २ घन्टासम्म विमानस्थल बन्द गर्न प्राधिकरणले नोटाम जारी गरेको छ । भैरहवामा निर्माणभएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको [&hellip;]</p>

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर विमानस्थलमा क्यालिब्रेसन उडान गर्ने भएको छ । प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि १ बजेसम्म सो विमानस्थलमा क्यालिब्रेसन उडान गर्न लागेको हो ।

विमानस्थलमा जडान गरिएको यान्त्रिक उपकरणको परीक्षणका लागि क्यालिब्रेसज उडान भएपछि २ घन्टासम्म विमानस्थल बन्द गर्न प्राधिकरणले नोटाम जारी गरेको छ ।

भैरहवामा निर्माणभएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन उडान गर्न आएको एरोथाईको विराटनगरले विमानस्थलको परीक्षण गर्न लागेको हो ।

सो जहाजले गौतमबुद्ध विमानस्थलपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार र शुक्रबार २ दिन लगाएर परीक्षण उडान गरेको थियो ।

Share News