काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि क्यालिब्रेसन फ्लाइट हुने भएको छ । विमानस्थल कार्यालयले शुक्रबार नोटाम जारी गर्दै बिहान ११ः३० बजेदेखि २ः ३० बजेसम्म विमानस्थल उडान प्रभावित हुने जनाएको हो ।
बिहीबार दिउँसो पनि विमानस्थलमा क्यालिब्रेसन उडान भएको थियो । उक्त समयमा विमानस्थल कार्यालयले नोटाम जारी नगर्दा लामो समय आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान मार्फत आएका जहाज आकाशमै होल्ड भएका थिए ।
भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसनमा आएको यरो थाइको जहाजले नै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि क्यालिब्रेसन फ्लाइट गरिरहेको छ ।