त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान, जहाज आकाशमै होल्ड

<p>काठमाडौं । बीना सूचना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्दा धेरै विमानहरु आकाशमै होल्ड भएका छन् । विभिन्न देशबाट नेपाल आएका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका विमानसँगै आन्तरिक उडान गर्दै आएका जहाज आकाशमै होल्ड भएका हुन् । विमानस्थलमा थप भएको धावनमार्गको एरो थाईको जहाजले परीक्षण गर्दा विमानस्थल अवरोध भएको छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको क्यालिब्रेसन उडानका लागि [&hellip;]</p>

काठमाडौं । बीना सूचना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडान गर्दा धेरै विमानहरु आकाशमै होल्ड भएका छन् । विभिन्न देशबाट नेपाल आएका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका विमानसँगै आन्तरिक उडान गर्दै आएका जहाज आकाशमै होल्ड भएका हुन् ।

विमानस्थलमा थप भएको धावनमार्गको एरो थाईको जहाजले परीक्षण गर्दा विमानस्थल अवरोध भएको छ । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको क्यालिब्रेसन उडानका लागि आएको एरो थाईको जहाजबाट क्यालिब्रेसन फ्लाइट गरिएको हो ।

विमानस्थल कार्यालयका अनुसार धावनमार्गसँगै विमानस्थलमा जडान गरिएको रेडियो उपकरणले काम गरे नगरेको परीक्षण हुँदैछ ।
विमानस्थल कार्र्यालयले क्यालिब्रेसन उडानको समयमा विमानस्थलमा अवरोध हुने सूचना नदिदा एरोथाइ, कतार एयरवेज, भिस्तारा एयरवेजका जहाजहरु आकाशमै होल्ड भएका छन् ।

कतार एयरवेजजको फ्लाइट नम्बर ६४६ जहाजले काठमाडौ उपत्यकाको आकाशमै १३ फन्को लगाइसकेको छ। अन्य जहाजहरू पनि आकाशमै होल्ड भएका छन्।

अन्तर्राष्ट्रिय बाहेक आन्तरिक उडानका जहाजहरु समेत अहिले होल्डमा छन् ।

Share News