टिकट र पासपोर्ट विनै विमानमा युवा भेटिएको विषयमा गृहले छानबिन गर्ने

<p>काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र टिकट र पासपोर्ट विनाको युवा भेटिएको विषयमा गृह मन्त्रालयले छानविन गर्ने भएको छ । फागुन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट, भिसा विनै एक व्यक्ति पुगेको भेटिएको थियो । सो घटनाले विमानस्थल सुरक्षाको दृष्टिले अति नै संवेदनशील विषय भएको भन्दै मन्त्रालयले छानविन [&hellip;]</p>

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र टिकट र पासपोर्ट विनाको युवा भेटिएको विषयमा गृह मन्त्रालयले छानविन गर्ने भएको छ ।

फागुन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट, भिसा विनै एक व्यक्ति पुगेको भेटिएको थियो ।

सो घटनाले विमानस्थल सुरक्षाको दृष्टिले अति नै संवेदनशील विषय भएको भन्दै मन्त्रालयले छानविन गर्न समिति गठन गरेको हो । मन्त्रालयले अध्यागमन विभागका महानिर्देशकको नारायणप्रसाद भट्टराईको संयोजकत्ववमा ९ सदस्यीय छानविन समिति गठन गरेकोे हो ।

सो समितिलाई विमानस्थलको सुरक्षा अवस्था, विभिनन निकायको कार्यविभाजन, कमजोरी र सुधारका उपायहरु सम्बन्धमा कार्य आरम्भ गरेको मितिले ७ दिनभित्र प्रतिवेदन पेश गर्ने समय दिईएको छ ।

यसअघि बिहीबार नेपाल एयरलाइन्सले विमानस्थल सुरक्षा कमान्डर ध्रुवराज थापालाई निलम्बन गरेको छ ।

विमानस्थलको फलामे तालबार नाघेर दोहा उड्ने तयारीमा रहेको वाइडबडी जहाजमा रौतहटका असरफ आलम नामका एक व्यक्ति चढेका थिए ।

Share News