पोखराकेन्द्रीत उडान गर्न बुद्धले थप्यो नयाँ जहाज, थप ३ जहाज आउँदै

<p>काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले नयाँ जहाज थप गरेको छ । पोखरालाई हब बनाएर देशका विभिन्न गन्तव्यमा सिधा उडान गर्नका लागि बुद्धले नयाँ जहाज थप गरेको हो । ७२ सिट क्षमताको एटीआर जहाज बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । नयाँ जहाज थप भएसँगै बुद्धसँग १६ वटा जहाज भएको छ [&hellip;]</p>

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले नयाँ जहाज थप गरेको छ । पोखरालाई हब बनाएर देशका विभिन्न गन्तव्यमा सिधा उडान गर्नका लागि बुद्धले नयाँ जहाज थप गरेको हो ।

७२ सिट क्षमताको एटीआर जहाज बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । नयाँ जहाज थप भएसँगै बुद्धसँग १६ वटा जहाज भएको छ । जसअनुसार ११ वटा एटीआर–७२, ३ वटा एटीआर–४२ र २ वटा बिचएयरक्राफ्ट जहाज रहेका छन् ।

ठूला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम हुने र हवाईभाडादर पनि स्वतः सस्तो र सहज हुने बुद्धले जनाएको छ ।

यस्तै, बुद्धले गत जनवरीदेखि नै अन्तरर्राष्ट्रिय यात्रुतर्फको ‘डलर’ हवाई भाडादर ८० प्रतिशतले घटाएको छ । नेपालमै ६ महिना अवधि बसाई गरेका अन्तर्राष्ट्रिय नागरिकहरुको हकमा यसअघि ७५ प्रतिशतले बढी रहेको भाडादर पनि घटाएको छ । सस्तिएको भाडादरले पर्यटक भित्र्याउन ठूलो मद्दत गर्ने बुद्ध एयरले विज्ञिप्ति मार्फत जनाएको छ । यसबाट पर्यटन क्षेत्रलाई पनि ठूलो टेवा पुग्नेछ ।

बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले थप ३ वटा जहाज केही महिनामै भित्र्याउने तयारी भएको जनाए । उनका अनुसार बुद्धले पछिल्लोे समय पोखराबाट देशका विभिन्न गन्तव्यसँग सिधा उडान गर्दै आएको छ ।

Share News