बुद्ध एयरले पोखरादेखि धनगढी र जनकपुरमा पनि उडान गर्ने

<p>काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले पोखरादेखि धनगढी र जनकपुरमा पनि उडान गर्ने भएको छ । बुद्धले आगामी मार्च १ तारिखदेखि पोखराबाट सो गन्तव्यमा सिधा उडाड गर्न लागेको हो । शुरुमा साताका ३ दिन र त्यसपछि यात्रुको माग अनुसार दैनिक उडान भर्ने योजना रहेको बुद्धले जनाएको छ । जनकपुरधाम र पोखरा साताको ३ [&hellip;]</p>

काठमाडौं । निजी क्षेत्रको लगानीमा सञ्चालित बुद्ध एयरले पोखरादेखि धनगढी र जनकपुरमा पनि उडान गर्ने भएको छ । बुद्धले आगामी मार्च १ तारिखदेखि पोखराबाट सो गन्तव्यमा सिधा उडाड गर्न लागेको हो ।

शुरुमा साताका ३ दिन र त्यसपछि यात्रुको माग अनुसार दैनिक उडान भर्ने योजना रहेको बुद्धले जनाएको छ । जनकपुरधाम र पोखरा साताको ३ दिन सोमबार, बिहिबार र शनिवार र त्यसैगरि धनगढीबाट पोखरा आईतबार, बुधबार र शुक्रबारको उडान तालिका सार्वजनिक गरेको छ ।

सिधा उडानबाट अनावश्यक झन्झटको साथै यात्रुहरुको समय पनि वचत हुने जनाईएको छ । यस्तै, सो दुई गन्तव्यका लागि बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले आकर्षक प्याकेज समेत सार्वजनिक गरेको छ ।

यसअघि बुद्धले पोखरादेखि नेपालगञ्ज, भैरहवा, भरतपुर, सिमराका साथै बिराटनगरमा प्रादेशिक उडान सञ्चालन गर्दै आएको छ ।

Share News