इलामको फाल्गुनन्द विमानस्थलमा निगमको परीक्षण उडान

<p>काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सम्पन्न गरेको छ । बुधबार निगमको टीवनअटर विमानले काठमाडौंबाट ९ः०५ बजे उडेर इलाममा १०ः०२ मा अवतरण गरेको थियो । परीक्षण उडानको अवतरण प्रतिवेदन तयार भएर नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएपछि नियमित उडान गर्ने एयरलाइन्सले जानकारी दिएको छ । निगमले संस्कृति, [&hellip;]</p>

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा परीक्षण उडान सम्पन्न गरेको छ । बुधबार निगमको टीवनअटर विमानले काठमाडौंबाट ९ः०५ बजे उडेर इलाममा १०ः०२ मा अवतरण गरेको थियो ।

परीक्षण उडानको अवतरण प्रतिवेदन तयार भएर नेपाल नागरिक उड्डयन प्राधिकरणले अनुमति दिएपछि नियमित उडान गर्ने एयरलाइन्सले जानकारी दिएको छ ।

निगमले संस्कृति, पर्यटन तथा नागरिक उडड्यम मन्त्री प्रेमवहादुर आलेको विशेष निर्देशनमा सो विमानस्थलमा परीक्षण उडान गरिएको जनाएको छ ।

Share News