काठमाडाैं । श्री एयरलाइन्सले एक महिनाको अवधिमा दुई एयरक्राफ्ट थपेको छ । एक महिना अगाडि एक जहाज थपेको श्री एयरलाइन्सले थप एक जहाज थपकाे हाे जुन आज (शुक्रबार) काठमाडौं आउँदैछ ।
श्रीले समय क्यू४००-८ विमान थप गरेको हो । क्यानडमा बनेको यो जहाज ८० सीट क्षमताको छ । यो जहाजमा दुई इन्जिन रहेकाे छ ।
याेसँगैं श्रीकाे जहाँज संख्या ८ पुगेकाे छ । थपिएकाे जहाजबाट श्रीले अब तुम्लिङटार तथा सुर्खेत विमानस्थलमा उडान थप गर्ने र साविकका गन्तव्यमा उडान संख्या थप्ने बताएको छ ।