अध्यागमनका कर्मचारीले विमानस्थलभित्र मोबाइल चलाउन नपाउने

<p>काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा खटिएका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् । शुक्रबार अध्यागमन विभाग, त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले सूचना जारी गर्दै अध्यागमनका कर्मचारीलाई कार्यालय समयमा मोबाइल नचलाउन निर्देशन दिएको हो । कार्यालयले अराइभल कक्ष र डिपार्चर कक्षमा खटिएका कर्मचारीले कार्यालय समयमा ल्यान्डलाइन र अफिसियल मोबाइल मात्र प्रयोग गरी काम गर्न निर्देशन दिएको छ [&hellip;]</p>

काठमाडौं । त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा खटिएका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन् ।

शुक्रबार अध्यागमन विभाग, त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले सूचना जारी गर्दै अध्यागमनका कर्मचारीलाई कार्यालय समयमा मोबाइल नचलाउन निर्देशन दिएको हो ।

कार्यालयले अराइभल कक्ष र डिपार्चर कक्षमा खटिएका कर्मचारीले कार्यालय समयमा ल्यान्डलाइन र अफिसियल मोबाइल मात्र प्रयोग गरी काम गर्न निर्देशन दिएको छ ।

कर्मचारीहरुले अत्यावश्यक काम परेको अवस्थामा भने वरिष्ठ अध्यागमन अधिकृतको जानकारी गराई स्वीकृति भएपछि मात्र आफ्नो मोबाइल फोन प्रयोग गर्न पाउने सूचनामा उल्लेख छ । सूचनाको अनुसार कर्मचारीले कार्यलय समयमा व्यक्तिगत मोबाइल आफ्नो लकरमा राख्नु पर्नेछ ।

Share News