लघुवित्तहरुको नाफा पौने तीन अर्ब, पोहोरको भन्दा १२५ प्रतिशत बढी (कसको कति ?)

<p>काठमाडौं । हालसम्म ५४ वटा लघुवित्त वित्तीय संस्थाहरुले गत असोज मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । संस्थाहरुले आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका हुन् । कार्त्तिक ३० गतेसम्म प्रकाशित विवरण अनुसार ५४ वटा कम्पनीले चालु आवको पहिलो तीन महिनामा कूल २ अर्ब ८० करोड ९० लाख रुपैयाँ बराबरको खुद [&hellip;]</p>

काठमाडौं । हालसम्म ५४ वटा लघुवित्त वित्तीय संस्थाहरुले गत असोज मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । संस्थाहरुले आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।

कार्त्तिक ३० गतेसम्म प्रकाशित विवरण अनुसार ५४ वटा कम्पनीले चालु आवको पहिलो तीन महिनामा कूल २ अर्ब ८० करोड ९० लाख रुपैयाँ बराबरको खुद नाफा कमाएका छन् । जुन गत आवको तुलनामा १२४.८९ प्रतिशतले बढी हो । लघुवित्तहरुले गत आर्थिक वर्ष २०७७/७८ को असोज मसान्तसम्ममा एक अर्ब २४ करोड ९० लाख रुपैयाँ बराबरको खुद नाफा गरेको थिए ।

५४ लघुवित्तमध्ये आरएमडीसी लघुवित्तले सबैभन्दा बढी नाफा कमाएको छ । कम्पनीले गत वर्षको तुलनामा ३३३.१६ प्रतिशतले नाफा बढाई २६ करोड २४ लाख रुपैयाँ पुर्याएको छ ।

त्यस्तै, १० करोड रुपैयाँभन्दा बढी नाफा कमाउनेमा १० कम्पनी रहेका छन् । आरएमडीसी सहित छिमेक, निर्धन उत्थान, डिप्रोक्स, जीवन विकास, साना किसान विकास, एनआईसी एशिया, मेरो माइक्रोफाइनान्स, नेशनल माइक्रोफाइनान्स र स्वावलम्बन लघुवित्तले १० करोड रुपैयाँभन्दा बढी नाफा गरेका छन् । जसमध्ये डिप्रोक्स र स्वालम्बनको भने गत वर्षको असोज मसान्तसम्मको तुलनमा घटी हो । यी दुई कम्पनीले क्रमशः १२.३७ र १७.२५ प्रतिशतले नाफा घटाएका छन् ।

गत वर्ष नोक्सानमा रहेको निर्धन उत्थान अहिले भने नाफामा छ । गत तीन महिनामा निर्धन उत्थानले २० करोड १९ लाख रुपैयाँ नाफा गरेको छ ।

त्यस्तै, ५४ लघुवित्तमध्ये घोडीघोडा लघुवित्त नोक्सानमा छ । गत आवमा ५ लाख ५८ हजार रुपैयाँ बराबरको नाफा कमाएको घोडीघोडा लघुवित्त हाल ७ लाख ५० हजार रुपैयाँ बराबरको नोक्सानमा छ । यस्तै, सबैको लघुवित्त र मानुषी लघुवित्तले भने हालसम्म चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छैनन् ।

कसले कति कमाए ? सूचीसहित

Share News