म्युचुअल फण्डमा लगानी गर्ने मालामाल, लाभांश २९१ प्रतिशत बढ्यो

<p>काठमाडौं । हाल सञ्चालनमा रहेका सामुहिक लगानी कोष (म्युचुअल फण्ड)ले लाभांश वितरणमा उल्लेख्य वृद्धि गरेका छन् । कम्पनीले अघिल्लाे आर्थिक वर्षकाे तुलनामा लाभांश वितरण उल्लेख्य रुपमा बढाएका हुन् । हाल सञ्चालनमा रहेका बन्दमुखी तथा खुलामुखी सामुहिक लगानी कोषहरुमा १८ वटा म्युचुअल फण्डहरुले लाभांश घोषणा गरिसकेका छन् । सामू्हिक लगानी कोषहरुले अघिल्लो आर्थिक वर्षको तुलनामा गत [&hellip;]</p>

काठमाडौं । हाल सञ्चालनमा रहेका सामुहिक लगानी कोष (म्युचुअल फण्ड)ले लाभांश वितरणमा उल्लेख्य वृद्धि गरेका छन् । कम्पनीले अघिल्लाे आर्थिक वर्षकाे तुलनामा लाभांश वितरण उल्लेख्य रुपमा बढाएका हुन् ।

हाल सञ्चालनमा रहेका बन्दमुखी तथा खुलामुखी सामुहिक लगानी कोषहरुमा १८ वटा म्युचुअल फण्डहरुले लाभांश घोषणा गरिसकेका छन् । सामू्हिक लगानी कोषहरुले अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा कुल २९१.४९ प्रतिशतको लाभांश क्षमतामा वृद्धि गरेका हुन् ।

अघिल्लो आर्थिक वर्षमा १६ वटा कम्पनीहरुले औसत ७.७६ प्रतिशत मात्रै लाभांश दिएका थिए भने गत आर्थिक वर्षमा १८ वटा कम्पनीहरुको औसत ३०.३८ प्रतिशत लाभांश क्षमता छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २९१.४९ प्रतिशत बढी हो । सामुहिक लगानी कोषहरुले लगानीकर्तालाई नगद लाभांश मात्रै वितरण गर्ने गरेका छन् ।

गत आर्थिक वर्षमा सबैभन्दा बढी लाभांश दिने सामुहिक लगानी कोषको रुपमा एनआईबीएल प्रगति फण्ड, एनआईबीएल सहभागिता फण्ड र सनराइज फष्ट म्युचुअल फण्ड रहेका छन् । तीनवटैले ५० प्रतिशत लाभांश घोषणा गरिसकेका छन् ।

यस्तै, सिटिजन्स म्युचुअल फण्ड–१ र सिटिजन्स म्युचुअल फण्ड–२ ले ४० प्रतिशत लाभांश घोषणा गरेका छन् भने लक्ष्मी इक्विटी फण्ड र एनआईबीएल सम्वृद्धि फण्ड–१ ले ३५ प्रतिशत लाभांश दिने उल्लेख गरेका छन् । सानिमा इक्विटी फण्डले ३३ प्रतिशत, एनआईसी एसिया ग्रोथ फण्डले ३०, एनएमबी–५० ले ३० र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम–२ ले पनि ३० प्रतिशत लाभांश घोषणा गरिसकेका छन् ।

एनआईसी एसिया डाइनामिक फण्डले १०, कुमारी इक्वीटी फण्डले ५ र सानिमा लार्ज क्याप फण्डले ४ प्रतिशत लाभांश घोषणा गरिसकेका छन् । अन्य कम्पनीहरु भने नोक्सानमा छन् । ती कम्पनीले लाभांश घोषणा गरेका छैनन् ।

मर्चेन्ट बैंकिङ् एशोसिएशनका अध्यक्ष मेखबहादुर थापा म्युचुअल फण्डको बजारमा लगानीको प्रतिफल राम्रो आएको कारण लाभांश बढेकाे बताउँछन् ।

जुन हिसाबमा लगानीकर्ताहरुले लाभांश विवतरण गरिरहेका छन्, त्यसैले पनि सामूहिक लगानी कोषमा लगानीकर्ताको आकर्षण पनि बढेको र सोही अनुरुप लाभांश क्षमता पनि बढेको हुन सक्ने उनको भनाई छ ।

‘मानिसहरुले नबुझेर हो, जोखिम लिन नचाहने लगानीकर्ताका लागि म्युचुअल फण्ड राम्रो उपकरण हो, यहाँ मानिसहरु जे पनि सर्टटर्ममै खोज्ने भएको कारणले समस्या भएको हो, विस्तारै मानिसहरुले बुझ्दै जान्छन् र म्युचुअल फण्डको बजार पनि बढ्दै जान्छ,’ एनआईबिएल एस क्यापिटलका सीईओ समेत रहेका अध्यक्ष थापाले भने ।

उनका अनुसार चालु आर्थिक वर्षमा पनि म्युचुअल फण्डहरुले लाभांश दिने अवस्थामा हुन्छन् । म्चुचुअल फण्डहरुले गत आवको प्रतिफल पनि केही बाँकी नै राखेको हुनाले चालु आवको लाभांशमा पनि वृद्धि हुन सक्ने उनको तर्क छ ।

कुन म्युचुअल फण्डकाे लाभांश कति ?

Share News