मेरो माइक्रोफाइनान्स लघुवित्तकाे शाखा कार्यालय सितापाइलमा पनि

<p>काठमाडाैं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सितापाइलामा मंगलबारदेखि शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । संस्थाका सञ्चालक समितिका अध्यक्ष सञ्जिब मानन्धरले एक समारोहबीच सितापाइला शाखा कार्यालय उद्घाटन गरे । शाखा कार्यालय उद्घाटन कार्यक्रममा संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । उद्घाटन समारोहलाई सम्बाेधन गर्दै संस्थाका अध्यक्ष मानन्धरले शाखा कार्यालय सञ्चालनमा आएकोमा संस्थालाई [&hellip;]</p>

काठमाडाैं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सितापाइलामा मंगलबारदेखि शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

संस्थाका सञ्चालक समितिका अध्यक्ष सञ्जिब मानन्धरले एक समारोहबीच सितापाइला शाखा कार्यालय उद्घाटन गरे । शाखा कार्यालय उद्घाटन कार्यक्रममा संस्थाका सञ्चालक समितिका पदाधिकारीहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

उद्घाटन समारोहलाई सम्बाेधन गर्दै संस्थाका अध्यक्ष मानन्धरले शाखा कार्यालय सञ्चालनमा आएकोमा संस्थालाई बधाई दिए । साथै सबल अनि विश्वसनीय संस्थाको रुपमा स्थापित गराउन आफू निरन्तर लागी पर्ने समेत बताए ।

त्यस्तै संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले सवै वर्ग र क्षेत्रलाई लघुवित्त कार्यक्रममा समावेश गरि स्थानीय सीप र श्रोतको परिचालनमा नागरिकहरुलाई आर्थिक रुपमा सक्षम बनाउनु संस्थाको उद्देश्य रहेको प्रमुख कार्यकारी अधिकृत दाहालले बताए ।

नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेको माइक्रोफाइनान्सको नयाँ शाखा विस्तारसंगै ६१ जिल्लामा १३० शाखा कार्यालय पुगेको छ । संस्थाले आफ्ना ग्राहकहरुलाई आधुनिक एस.एम.एस.मोबाइल बैंकिङ्ग सुविधा समेत उपलब्ध गराइरहेको छ ।

Share News