काठमाडौं । ग्लोबल आईएमई क्यापिटलको कार्यालय शनिबार पनि खुला रहने भएको छ । साउन ९ गते शनिवार पनि नक्सालस्थित लक्ष्मणबाबु भवनमा रहेको क्यापिटलको मुख्य कार्यालय खुला रहने बताएको हो । कार्यालय बिहान १० बजेदेखि दिउंसो ३ बजेसम्म सञ्चालन हुने छ ।
क्यापिटलले मध्य भोटेकोशी जलविद्युत आयोजनाको आईपीओ निष्काशन भइरहेकोले ग्राहकलाई निरन्तर सेवा दिन कार्यालय खुला राख्ने बताएको हो ।
यस्तै, क्यापिटलले शनिबार हाइड्रोईलेक्ट्रिसिटि इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लि।को हकप्रद शेयरमा आवेदन गर्ने एवं हितग्राही खाता खोल्ने, नविकरण गर्ने तथा हितग्राही खातासँग सम्वन्धित विवरणहरु अद्यावधिक गर्नुको साथै मेरो शेयर सग सम्बन्धित सम्पूर्ण कामहरु पनि हुने बताइएको छ ।