छाक टार्न समस्या भएकालाई समता लघुवित्तद्वारा राहत प्रदान

<p>काठमाडाैं । निषेधज्ञाका कारण आफनो रोजगारी गुमाएका तथा दैनिक जिवनयापन गर्न कठिनाइ परेका अति विपन्न ग्राहक सदस्यहरुलाई समता घरेलु लघुवित्त सहयाेग गरेकाे छ । समता घरेलु लघुवित्तले छाकसम्म टार्न कठिनाइ परेका अति विपन्न वर्गका ग्राहक सदस्यहरुलाई संस्थाले प्रति सदस्य ३० केजी चामल, १ केजी. दाल, २ केजी नुन, १ लिटर खाने तेल, १ केजी स्वायोबिन र [&hellip;]</p>

काठमाडाैं । निषेधज्ञाका कारण आफनो रोजगारी गुमाएका तथा दैनिक जिवनयापन गर्न कठिनाइ परेका अति विपन्न ग्राहक सदस्यहरुलाई समता घरेलु लघुवित्त सहयाेग गरेकाे छ ।

समता घरेलु लघुवित्तले छाकसम्म टार्न कठिनाइ परेका अति विपन्न वर्गका ग्राहक सदस्यहरुलाई संस्थाले प्रति सदस्य ३० केजी चामल, १ केजी. दाल, २ केजी नुन, १ लिटर खाने तेल, १ केजी स्वायोबिन र २ वटा नुहाउने साबुन राहत स्वरुप उपलब्ध गराएकाे हाे ।

बाराका शाखा प्रबन्धक सरोज कुमार महतोले आगामी दिनमा पनि ग्राहकहरुकाे हकहितका लागि संस्थाले समय समयमा विभिन्न सहयोगका प्याकेजहरु उपलब्ध गराउन तयार रहेकाे बताए ।

 

Share News