नेशनल माइक्रोफाइनान्स स्थापनाकाे आठौं वर्षमा प्रवेश

<p>काठमाडाैं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था स्थापनाकाे सातौं वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश गरेको छ । संस्थाले सातौ वार्षिकोत्सवको उपलक्ष्यमा केन्द्रीय कार्यालयको साथै शाखा कार्यालयहरुले विभिन्न कार्यक्रम संचालन गरेको छ । संस्थाको केन्द्रीय कार्यालय रहेको धादिङस्थित निलकण्ठ नगरपालिका वडा नं ४ बैकुण्ठपुरीमा रहेको आमाको माया छात्रवास र निलकण्ठ न.पा. ८ स्थित बाहिरा विद्यालयमा [&hellip;]</p>

काठमाडाैं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था स्थापनाकाे सातौं वर्ष पुरा गरी आठौं वर्षमा प्रवेश गरेको छ ।

संस्थाले सातौ वार्षिकोत्सवको उपलक्ष्यमा केन्द्रीय कार्यालयको साथै शाखा कार्यालयहरुले विभिन्न कार्यक्रम संचालन गरेको छ ।

संस्थाको केन्द्रीय कार्यालय रहेको धादिङस्थित निलकण्ठ नगरपालिका वडा नं ४ बैकुण्ठपुरीमा रहेको आमाको माया छात्रवास र निलकण्ठ न.पा. ८ स्थित बाहिरा विद्यालयमा अध्ययनरत अनाथ र बहिरा विद्यार्थीहरुलाई विभिन्न शैक्षिक समाग्रीहरु, लत्ताकपडा, खेलकुद सामाग्रीहरुको साथै खाधान्न हस्तानान्तरण गरेको छ ।

त्यसैगरी संस्थाकाे शाखा कार्यालय जलुकेले राप्ती गाउपालिका वडा नं १ स्थित रहेको निलसागर बृद्धा आश्रममा विभिन्न खाधान्न समाग्रीहरुको साथै अन्य सामाग्रीहरु समेत हस्तान्तरण गरेको छ।

संस्थाले संचालनको सातौ वर्षको अवधिमा ४७ जिल्लाको ६५ वटा शाखा कार्यालय मार्फत ११४ हजार घर परिवारलाई आफ्नो सेवा विस्तार गरी उनीहरूमा ७ अर्ब ७५ करोड लगानीमा रहेको कर्जाको साथै सदस्यहरूबाट २ अर्ब ५ करोड बचत परिचालन गरेको छ ।

संस्थाले सदस्यहरुको लघुउद्यमशिलता विकास लगायत वित्तीय साक्षरता डिजिटलाइजेनमा मुख्य ध्यान केन्द्रित गरी अगाडी बढेको कुरा संस्थाको प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले बताए ।

Share News