स्थानिय निकायको कोरोना कोषमा आशा लघुवित्तको ५ लाख सहयोग

<p>नुवाकोट । आशा लघुवित्त वित्तीय संस्थाले स्थानिय निकायहरुले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा कुल ५ लाख ३५ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्नो ४६ वटा शाखा कार्यालय मार्फत छुट्टा छुट्टै स्थानिय निकायहरुले स्थापना गरेको कोषमा उक्त सहयोग [&hellip;]</p>

नुवाकोट । आशा लघुवित्त वित्तीय संस्थाले स्थानिय निकायहरुले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा कुल ५ लाख ३५ हजार रुपैयाँ हस्तान्तरण गरेको छ ।

विश्वब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा आफ्नो ४६ वटा शाखा कार्यालय मार्फत छुट्टा छुट्टै स्थानिय निकायहरुले स्थापना गरेको कोषमा उक्त सहयोग गरेको हो ।
वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्व, ग्राहक संरक्षण कोष तथा सम्पुर्ण कर्मचारीहरुको योगदान समेत रहने गरी उक्त रकम हस्तान्तरण गरेको जनाएको छ ।

त्यस्तैगरी वित्तीय संस्थाले विभिन्न शाखा कार्यालयहरु मार्फत अति विपन्न तथा न्यून आय भएका आफ्ना ग्राहक सदस्यहरुलाई मास्क, सावुन तथा स्यानिटाईजर समेत वितरण गरिएको र आवश्यकता अनुसार थप सहयोग समेत गर्दै जाने कुरा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्री प्रसाद दुलालले बताए ।

नेपाल राष्ट्र बैंकबाट ‘घ‘ वर्गको वित्तीय संस्थाका रुपमा स्वीकृत प्राप्त आशा लघुवित्त वित्तीय संस्थाले ‘बिपन्नका निम्ति आशा’ भन्ने मुल नाराका साथ ककनी-६ नुवाकोटमा केन्द्रीय कार्यालय स्थापना गरी २०७३ भदौ १५ गतेबाट कारोबार शुरु गरेको हो ।

हालसम्म वित्तीय संस्थाले २९ वटा जिल्लाहरुमा ५५ वटा शाखा कार्यालयहरु मार्फत करीब ५६ हजार सदस्यहरुलाई वित्तीय सेवा उपलब्ध गराऊदै आएको छ भने संस्थाको हालसम्म करीब २ अर्ब ३० करोड रुपैयाँ कर्जा लगानीमा रहेको तथा सदस्यहरुबाट ७८ करोड भन्दा बढी निक्षेप समेत संकलन गरेको छ ।

Share News