
काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्थाले कोरोना भाइरसको संक्रमण विरुद्द लड्न ३ वटा स्थानीय निकायलाई जम्मा ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । संस्थाले इन्द्रसरोवर गाउँपालिका, पोखरिया र बनेपा नगरपालिकाको कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार कोषमा १० हजार रुपैयाँको दरले ३ वटा स्थानीय निकायलाई सो मात्राको सहयोग गरेको हो ।
सोही शाखाका शाखा प्रबन्धकहरु क्रमशः नेत्र प्रसाद निरौलाले इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामालाई, सरोज कुमार महतोले पोखरिया नगरपालिकाका मेयर दिपनारायण प्रसाद रौनियारलाई र राम प्रसाद पन्तले बनेपा नगरपालिकाका उपमेयर रेखा दाहाल सापकोटालाई सम्बन्धित गाउँपालिका वा नगरपालिकाको कोरोना कोषमा सो मात्राको आर्थिक सहयोगको चेक हस्तान्तरण गरेका हुन् ।
यो रकमले कोरोना रोकथाम नियन्त्रण तथा कोरोना रोग देखापरेका मानिसको उपचारमा र कोरोना भाइरसको कारणले लकडाउनमा परेर दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत वितरणमा सहयोग हुने बताइएको छ ।