
काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले कर्जा सुविधा उपभोग गरिरहेका ग्राहकहरुलाई २०७७ असार मसान्तसम्मको कर्जाको ब्याजदरमा २ प्रतिशतसम्म छुट दिएको छ ।
कोभिड १९ को महामारीका कारण विश्व अर्थतन्त्रमा देखिएको मन्दी तथा नेपालमा समेत यसको असरबाट देखिएको आर्थिक संकटलाई मध्यनजर गर्दै सर्वसाधारण जनतालाई केही राहत होस भन्ने उद्देश्यले सम्पूर्ण कर्जाको ब्याज दरमा २ प्रतिशतले छूट दिइएको हो ।
प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईंले वित्तीय संस्थाको यस कदमले देशको अर्थतन्त्र कमजोर रहेको अवस्थामा केही योगदान पुर्याउने प्रयास गरेको र आगामी दिनमा अझ उत्तरदायी भई कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
त्यस्तै, सबै कर्जामा दिइएको २ प्रतिशतसम्म व्याजदर छुटबाट वित्तीय संस्थाको शाखा अभिवृद्धि हुने संस्थाको विश्वास रहेको छ ।