महालक्ष्मी विकास बैंकले सबै कर्मचारीको गर्यो कोभिड-१९ बीमा

<p>काठमाडौं । महालक्ष्मी विकास बैंकले सम्पूर्ण कर्मचारीको कोभिड १९ बीमा गरेको छ । बैंकले काेराेना भाइरस (कोभिड-१९) बाट भविष्यमा आइपर्न सक्ने समस्याबाट बच्न उच्च सर्तकता अपनाउदै १ वर्षको लागि प्रत्येक कर्मचारीको कोभिड-१९ बीमा गरेको हो । विकास बैंकले हाल जारी रहेको लकडाउनको अवस्थामा पनि ग्राहक वर्गको बैंकिङ्ग आवश्यकता परिपूर्ती गर्नका लागि महालक्ष्मी विकास बैंकले आफ्ना [&hellip;]</p>


काठमाडौं । महालक्ष्मी विकास बैंकले सम्पूर्ण कर्मचारीको कोभिड १९ बीमा गरेको छ । बैंकले काेराेना भाइरस (कोभिड-१९) बाट भविष्यमा आइपर्न सक्ने समस्याबाट बच्न उच्च सर्तकता अपनाउदै १ वर्षको लागि प्रत्येक कर्मचारीको कोभिड-१९ बीमा गरेको हो ।

विकास बैंकले हाल जारी रहेको लकडाउनको अवस्थामा पनि ग्राहक वर्गको बैंकिङ्ग आवश्यकता परिपूर्ती गर्नका लागि महालक्ष्मी विकास बैंकले आफ्ना शाखाहरु सञ्चालनमा ल्याउदै बैंकिङ सेवा प्रदान गरिरहेको छ । यस प्रतिकूल समयमा कार्यरत कर्मचारीहरुको स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै संस्थाले सबैको कोरोना बीमा गरेको हो ।

संस्थाले हाल देशका सहरी तथा ग्रामिण स्थानमा गरी १०२ वटा शाखा र ३५ वटा ए.टि.एम मार्फत सेवा प्रदान गरिरहेको बैंकमा आठ सय भन्दा बढी कर्मचारी कार्यरत छन् । बैंकले यस विषम परिस्थितिमा सम्पूर्ण जनतालाई लकडाउनको पूर्ण रुपमा पालना गर्दै संभव भएसम्म डिजिटल माध्यमबाट बैंकिङ्ग कारोबार गरी घरभित्रै बसेर कोरोना संक्रमणबाट आफु बच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।

Share News