
काठमाडौं । राष्ट्रिय बीमा संस्थानको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बीमा शुल्क र खुद नाफा दुबैमा वृद्धि भएको छ । संस्थानले प्रकाशित गरेको ९ महिनाकाे वित्तीय विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क र खुद नाफा गत आवको सोहि अवधिको तुलनामा क्रमशः २१.५० र १९२ प्रतिशतले बढी हो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा संस्थानले ६ अर्ब ८४ करोड ३२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १ अर्ब २१ करोड ११ लाख रुपैयाँले बढी हो । गत आर्थिक वर्षको चैत मसान्तसम्ममा संस्थानले ५ अर्ब ६३ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो ।
त्यस्तै, यस अवधिमा संस्थानले ४ करोड ९३ लाख रुपैयाँँ खुद नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोहि अवधिको तुलनामा ३ करोड २४ लाख ७९ हजार रुपैयाँले बढी हो । संस्थानले गत आर्थिक वर्षको चैत मसान्तसम्ममा एक करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
संस्थानले प्रकाशित गरेको वित्तीय विवरण अनुसार संस्थानको जीवन बीमा कोषको आकार बढेर २६ अर्ब ७० करोड ३८ लाख रुपैयाँ पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको चैत मसान्तको तुलनामा ३३.०२ प्रतिशतले बढी हो ।
यस्तै, लगानी कर्जा तथा अन्य आयबाट एक अर्ब ६३ करोड ८३ लाख रुपैयाँ आम्दानी गरेको छ । हाल १८ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको संस्थानको जगेडा कोषमा २८ करोड ६१ लाख रुपैयाँ सञ्चित रहेको छ ।