
काठमाडाैं । नेपाल धिताेपत्र बाेर्डले यस अघि जारी गरेकाे सबै सवारी पास रद्द भएकाे छ । बाेर्डले यसअघि नेपाल स्टक एक्सचेन्ज(नेप्से), सिडिएस एण्ड क्लियरिङ्ग तथा धितोपत्र व्यवसायी लगायत संस्थालाई जारी गरिएको सबै सवारी पासहरु रद्द गरिएको बाेर्डका प्रवक्ता निरज गिरीले बताएका छन् ।
नेपाल सरकारले लकडाउनलाई थप कडाईका गरेकाले बोर्डको जेठ १ गतेकाे निर्णयानुसार धितोपत्रको दोश्रो बजारको कारोवार लकडाउनको अवधि भरका लागि स्थगन गरिएको छ । त्यसैले, सरकारकाे बैशाख २४ गतेकाे निर्णयानुसार बाेर्डले बैशाख ३१ गतेसम्मकाे लागि सवारी पासहरू रद्द गरेकाे हाे ।
साथै, अति आवश्यक सेवा संचालन हुने संस्थाको लागि सरकारको निर्णयानुसार बोर्डबाट जेठ १ गतेदेखि जारी गरिएको सवारी पास मात्र मान्य हुने बाेर्डका प्रवक्ता गिरीले बताइन् ।