
काठमाडौं । उन्नति लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आवको तुलनामा ५ प्रतिशतले बढी हो । संस्थाले गत वर्षको सोहि अवधिमा ३ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा लघुवित्तले १० करोड ६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । त्यस्तै, सञ्चालन नाफा पनि बढेर ५ करोड ११ लाख रुपैयाँ पुगेको छ ।
६७ करोड २३ लाख रुपैयाँ निक्षेप संकलन गरेको संस्थाले १ अर्ब ८१ करोड ४९ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । यस अवधिमा संस्थाको खराब कर्जा सामान्य बढेर १.८७ प्रतिशत पुगेको छ ।
८ करोड ८२ लाख रुपैयाँ चुक्ता पुँजी रहेको संस्थाको जगेडा कोषमा ८ करोड ५९ लाख रुपैयाँ सञ्चित छ । त्यस्तै, संस्थाको प्रतिसेयर आम्दानी ५०.५६ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १९७.३७ रुपैयाँ रहेको छ ।