माछापुच्छ्रे बैंकको नाफा एक अर्ब बढी, प्रतिसेयर आम्दानी कति ?

<p>काठमाडौं । चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा माछापुच्छ्रे बैंकले एक अर्ब १६ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५.९६ प्रतिशतले घटी हो । गत आवको सोही अवधिमा बैंकले एक अर्ब २४ करोड ८ लाख रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले प्रकाशित गरेको तेश्रो त्रैमासिकको [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्ममा माछापुच्छ्रे बैंकले एक अर्ब १६ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ५.९६ प्रतिशतले घटी हो । गत आवको सोही अवधिमा बैंकले एक अर्ब २४ करोड ८ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकले प्रकाशित गरेको तेश्रो त्रैमासिकको वित्तीय विवरण अनुसार कम्पनीको वितरण योग्य नाफा पनि ८०.८२ प्रतिशतले घटेर १८ करोड ८२ लाख रुपैयाँमा सीमित भएको छ । गत आवको सोही अवधिमा कम्पनीको वितरण योग्य नाफा ९८ करोड १८ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढेर क्रमशः एक अर्ब ७८ करोड र ३ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।

८ अर्ब ४५ करोड ८४ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २ अर्ब ७९ करोड ९९ लाख रुपैयाँ सञ्चित छ ।

कम्पनीका अनुसार समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १.१७ रुपैयाँले घटेर १५.३९ रुपैयाँमा झरेको छ ।

Share News