एनआईसी एशिया लघुवित्तले थप १० प्रतिशत ब्याज छुट दिने

<p>काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ऋणीहरुलाई साधारण ब्याजमा १० प्रतिशत छुट दिने भएको छ । संस्थाले वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता/ब्याज रकम २०७७ वैशाख मसान्तसम्म भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशत र हर्जाना ब्याजको सतप्रतिशत मिनाहा गर्ने भएको हो । संस्थाले आफ्नै पहलमा सबै प्रकारका कर्जाहरुमा लागू हुने गरी यो योजना [&hellip;]</p>


काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले ऋणीहरुलाई साधारण ब्याजमा १० प्रतिशत छुट दिने भएको छ । संस्थाले वैशाख मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण किस्ता/ब्याज रकम २०७७ वैशाख मसान्तसम्म भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशत र हर्जाना ब्याजको सतप्रतिशत मिनाहा गर्ने भएको हो ।

संस्थाले आफ्नै पहलमा सबै प्रकारका कर्जाहरुमा लागू हुने गरी यो योजना ल्याएको हो ।

साथै, नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम यस वित्तीय संस्थाका ऋणीहरुले चैत मसान्तसम्म कायम रहेको कर्जा ब्याज दरमा ३ प्रतिशत ब्याज छुट प्रदान गरे पश्चात हुन आउने ब्याज रकममा समेत १० प्रतिशतको अतिरिक्त छुट प्रदान गर्ने व्यवस्था यस संस्थाले गरेको छ ।

यो सुविधा मासिक तथा त्रैमासिक किस्ताबन्दी कर्जाहरुमा यस संस्थाबाट प्रवाह भएका सम्पूर्ण कर्जाहरुमा लागू हुने र यसरी प्राप्त गर्नुपर्ने छुट रकम जेठ महिनाको पहिलो साताभित्र सम्बन्धित ग्राहकको यस संस्थाको खातामा जम्मा गरिनेछ ।

साथै, यस संस्थाले राष्ट्र बैंकको निर्देशन वमोजिम २०७६ चैत मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता चैत महिनाभित्र भुक्तानी गरेका ऋणीहरुको हकमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने छुट रकम १९ लाख ८३ हजार ५ सय ६७ रूपैयाँ ग्राहकहरुको खातामा जम्मा गरिसकेको संस्थाले जनाएकाे छ ।

नेपाल राष्ट्र बैंकले काेभिड १९ बाट ऋणीहरुमा परेको असर न्यूनीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरुले ऋणीहरुको २०७६ चैत मसान्तसम्म कायम ब्याज दरमा ३ प्रतिशतले कम गर्न निर्देशन जारी गरी यसबाट ऋणीहरुको २०७६ चैत मसान्तमा कायम ब्याजदरमा ३ प्रतिशत विन्दुले कम गरी आर्थिक वर्ष २०७६/७७ को चौथो त्रयमासको ब्याज रकममा गणना गर्नुपर्ने तथा यसरी ब्याजदर गणना गर्दा बैंक तथा वित्तीय संस्थाहरु आधारदर भन्दा कम गर्न बाध्यकारी नहुने व्यवस्था नेपाल राष्ट्र बैंकले गरेको छ ।

तर उक्त छुट खाद्यान्न प्रशोधन तथा विक्री वितरण, ग्यास उत्पादन तथा विक्री वितरण, सोप एण्ड केमिकल्स, औषधी विक्री वितरण, दुरसंचार सेवा प्रदायक, टेलिभिजन सेवा प्रदायक, सूर्ती तथा मदिराजन्य उद्योग र सञ्चालनमा रहेका जलविद्युत परियोजनाहरु जस्ता क्षेत्रहरुमा नपाइने व्यहोरा समेत उल्लेख गरिएको छ ।

यसअघि पनि नेपाल राष्ट्र बैंकले चैत मसान्तभित्र भुक्तानी गर्नुपर्ने मासिक वा त्रैमासिक किस्ताबन्दी कर्जाहरूमा ऋणीहरुले चैत महिनाभित्र नै ब्याज तथा किस्तामा समाविष्ट ब्याज रकममा १० प्रतिशत छुट प्रदान गर्न निर्देशन दिएको थियो । जसअनुसार ऋणीहरुले चैत मसान्तसम्ममा चुक्ता भुक्तान गर्नुपर्ने सम्पूर्ण मासिक तथा त्रैमासिक किस्ता, ब्याज लगायत तिर्न बाँकी रहेको वक्यौता साँवा तथा ब्याज भुक्तानी गरेमा साधारण ब्याजको १० प्रतिशतले हुन आउने रकम तथा जरिवाना ब्याजको शतप्रतिशत रकम छुट गर्न निर्देशन थियो ।

हाल १०५ शाखा कार्यालयहरूबाट वित्तीय सेवा प्रदान गर्दै आईरहेको यस संस्थाले निकट भविष्यमा ४७ करोड ५५ लाख रूपैयाँ बराबरको प्रथमिक सर्वसाधारण सेयर (आइपीओ) निष्काशन गर्ने व्यवस्था गरेको छ ।

Share News