हतारिए अर्थमन्त्री, भनेः अब पर्यटक ल्याउने तयारी गर्दा हुन्छ

<p>काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अब पर्यटक ल्याउन तयारी गरे पनि हुने बताएका छन् । उनले व्यवसायीहरुसँग पर्यटक ल्याउने तयारी गर्दा हुने बताएका हुन् । उनले नेपाल चेम्बर अफ कमर्सको टोलीसँग भेटवार्ता गर्दै पर्यटन ल्याउने तयारी गर्दा पनि हुने बताएका हुन् । ‘अक्टोबर पनि पर्यटकका लागि राम्रो सिजन हो, कोरोना संक्रमणको जोखिम कम हुने [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अब पर्यटक ल्याउन तयारी गरे पनि हुने बताएका छन् । उनले व्यवसायीहरुसँग पर्यटक ल्याउने तयारी गर्दा हुने बताएका हुन् ।

उनले नेपाल चेम्बर अफ कमर्सको टोलीसँग भेटवार्ता गर्दै पर्यटन ल्याउने तयारी गर्दा पनि हुने बताएका हुन् ।

‘अक्टोबर पनि पर्यटकका लागि राम्रो सिजन हो, कोरोना संक्रमणको जोखिम कम हुने बित्तिकै हामी पर्यटनमा जोड दिन्छौं, तपाईहरु अहिल्यैदेखि तयारी गर्नुस्,’ उनले भने ।

उनले कोरोना संक्रमणको जोखिम सकिने बित्तिकै चीनियाँ लगायत देशका पर्यटकलाई ल्याउन सकिने उनले बताए । लकडाउनमा बसेकाहरु अब तुरुन्तै घुम्न मन पराउने भएकाले तयसलाई केन्द्रित हुन उनले व्यवसायीलाई आग्रह गरेका छन् ।

उनले व्यवसायीहरुले लकडाउनमा राम्रो भूमिका खेलेकोमा उनले प्रशंसा गर्दै कसैले खान पाउँदैन भन्ने थियो, कालोबजारी हन्छ भन्ने थियो तर त्यसलाई व्यवसायीहरुले राम्रो भूमिका निर्वाह गरेको उनको भनाइ छ ।

अहिले व्यवसायीहरुलाई असर गरेको र त्यसको लागि सरकारले केही राहत कार्यक्रम ल्याएको तथा बाँकी सरकारको नीति तथा कार्यक्रममार्फत ल्याउने जानकारी दिए।

Share News