कोरोनाले संकटमा परेका यी ८ क्षेत्र, यसरी गर्न सकिन्छ सुधार

<p>काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को कारण विश्वभरका मानिसहरू त्रसित र उतिकै निराश पनि छन् । यसका साथ साथै धेरै उद्योग तथा व्यवासयहरुको अवस्था पनि खस्किएको छ । लकडाउनका कारण देश र विश्वका प्रमुख उद्योगहरू ठप्प भएका छन् । नेपालले पनि चैत ११ गतेदेखि देशलाई लकडाउन घाेषणा गरेकाे । यसकाे प्रत्यक्ष असर सबै क्षेत्रलाई परेकाे [&hellip;]</p>

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को कारण विश्वभरका मानिसहरू त्रसित र उतिकै निराश पनि छन् । यसका साथ साथै धेरै उद्योग तथा व्यवासयहरुको अवस्था पनि खस्किएको छ ।

लकडाउनका कारण देश र विश्वका प्रमुख उद्योगहरू ठप्प भएका छन् । नेपालले पनि चैत ११ गतेदेखि देशलाई लकडाउन घाेषणा गरेकाे । यसकाे प्रत्यक्ष असर सबै क्षेत्रलाई परेकाे छ । अहिले विशेग गरेर दैनिक ज्यालादारी गर्नेदेखि  ठूला उद्याेग व्यवसाय गर्नेहरूलाई  याे लकडाउनले  समस्यामा पारेकाे छ ।

सरकारले ती उद्याेग तथा व्यापार वयवसायलाई पहिलेकै अवस्थामा फर्काउन के गर्न सक्छ ? आज हामीले यही  विषयमा चर्चा गरेका छौं  ।

१. रेडिमेड कपडा अर्थात कपडा उद्योग

कोरोना भाइरसको कारण रेडिमेड र कपडा उद्योगमा एक फरक किसिमको असर परेको छ । चीनमा लकडाउनका कारण कृत्रिम धागाको आयात महँगो भएको छ । जसका कारण बनिसकेका सामानको मूल्य महँगो बनेको छ । विश्वभर अहिले कपडा र रेडिमेड कपडा उद्योगमा १०/१२ प्रतिशत उत्पादनमा गिरावट आएको छ । यसको मुख्य कारण भनेको निर्यात बजारका कारण बुझिएको छ । निर्यात घटेपछि उत्पादन पनि स्ततः घट्छ नै ।

कपडा उद्योग कसरी सुधार गर्न सकिन्छ ?

सरकारले अब यो उद्योगलाई यथास्थितीमा राख्न अर्थात यसको गिरावट आउन नदिनका लागि यसमा कर भुक्तानीको समावधी बढाइदिनु पर्छ । लिएको ऋणको वयाज घटाउनु पर्छ । साना तथा मझौला व्यापारी उद्योगीका लागि कर्जा प्रस्ताव गर्नु पर्छ । खरिदको संख्या बढाउनका लागि करमा छुट दिन आवश्यक छ ।

२. उड्डयन तथा पर्यटन

आन्तरिक तथा अन्तर्रा्ष्ट्रिय ट्राफिकमा भएको प्रतिबन्धहरू रद्द गरिनु पर्छ । नेपालको सन्र्दभमै कुरा गर्ने हो भने पनि नेपालको जहाज युरोपियन आकाशमा प्रतिबन्भ गरिएको छ । जसले नेपाललाई धेरै घाटा छ ।  भारतीय पर्यटन संघका अनुसार विदेशी पर्यटकको आगमनमा प्रतिबन्धको कारण करिब ८२०० करोड रुपैयाँ घाटा भएको छ । यो संकटको समयमा माथिले  रतल्लो दुवै तहका कर्मचारीको तलब कटौती गरिनु हुँदैन । उनीहरुलाई उच्च मनोवलका साथ काम गराउनु पर्छ । तर, धेरै देशमा कर्मचारीहरूको तलब मा कटौती गरिएको छ ।

उड्डयन र पर्यटनलाई यसरी सुधार गर्न सकिन्छ

उड्डयन र पर्यटन क्षेत्रलाइ बचाउन सरकारले उड्डयन ईन्धनमा भ्याट ६ महिनाका लागि अधिकतम ४ प्रतिशतमा कायम गर्नु पर्छ । जुन हाल ३० प्रतिशत छ । कर भुक्तानी एक वर्षका लागि रोक्न सकिन्छ । सम्पत्ति कर, उत्पादन शुल्क, विद्युत महसुल घटाउनु पर्छ । यात्रुहरू १२ महिनासम्म बुकिंगमा यात्रा गर्न सक्ने व्यवस्था गर्नु पर्छ ।

३. पेट्रालियम पदार्थ

उपभोक्ताको मागमा गिरावटका कारण पेट्रालियम पदार्थमा धेरै गिरावट आएको छ । अझै पनि लकडाउन कति सम्म रहने यो यसमा धेरै नोक्सान हुने सम्भावना छ । विश्वव्यापी माग र आपूर्तिमा आएको गिरावटले निर्यातमा नकारात्मक असर पार्छ, जुन कुल उत्पादनको १५ प्रतिशत भन्दा कम हो।

यसको  सुधार कसरी गर्न सकिन्छ ?

उत्पादन छुट र पेट्रोलियम, रसायनिक, पेट्रोलियम रसायन क्षेत्रमा ट्याक्स छुट र विद्युत् दरमा कटौती गर्नु पर्छ । साना तथा मझौला उद्योगीहरुलाई सहज तथा लचिलो शर्तमा ऋण उपलब्ध गराउनु पर्छ । रासायनिक उद्योगको लागि आवश्यक कच्चा वस्तुको आयात शुल्क समीक्षा गर्नुपर्छ ।  निःशुल्क व्यापार सम्झौतको व्यवस्थापन गर्नु पर्छ ।

४. घर जग्गा र निर्माण

सिमेन्ट र अन्य कच्चा पदार्थको आपूर्ति निकै प्रभावित भएको छ र अझै हुने देखिएको छ । आवासीय, आतिथ्य र खुद्रा क्षेत्रहरूको लागि मागमा उच्च गिरावट आउने देखिन्छ । लगभग ३० प्रतिशतले  रोजगारी गुमाउने सम्भावना छ । वाणिज्य क्षेत्रमा एफडीआईको गिरावट पनि नहुने अवस्था देखिन्छ । अहिले पनि अन्तर्रागिष्ट्रय दातृ संस्थाहरु ऋण तथा अनुदान दिन डराइरहेका छन् ।

कसरी उकास्न सकिन्छ ?

निर्माणाधीन परियोजनाहरूलाई छ महिनासम्मको  अनुपालन छुट दिन सकिन्छ । घर तथा भवन निर्माण परियोजनाहरूका लागि ब्याज दर घटाउन सकिन्छ । तीन महिनाभन्दा बढी समयमा परियोजनाहरुलाई वर्गीकृत गरिनु पर्दछ ।

५. सवारी र अटो पार्ट उद्योग

अहिले देशमा उत्पादन ठप्प छ । बैंक तथा वित्तीय क्षेत्रहरुले पनि नगद संकट छ । अहिले चीनबाट कच्चा वस्तुको आपूर्ति गर्न समस्या भइरहेको छ । नेपाललाई मात्र होइन अन्य धेरै देशलाई यो समस्या छ । अहिले मजदुरहरुको अभाव पनि सिर्जना भइरहेको छ।

निजी गाडीको खरिद बिक्रिमा पनि ठूलो गिरावट आउने सम्भावना छ । विश्वभर भइरहेको लकडाउनले निर्यातमा नकारात्मक असर अवश्य पार्छ ।

कसरी पहिलेकै स्थितीमा ल्याउने ?

वस्तु तथा सेवाको राजश्व (जीएसटी) कटौती गर्नु पर्ने हुन्छ । जिएसटी भुक्तानको समयावधी केही समयका लागि रोक्नु पर्छ । अडिट गर्ने कामलाई पर्नस्थापित गर्नुपर्छ ।

साना मजदुरहरुलाई अनुदान दिनु पर्छ । अर्थात तिनीहरुका लागि तीन महिनाको लागि भत्ताको व्यवस्था गर्नु पर्छ । मुख्य उपकरण निर्माणकर्तालाई ६ महिना भन्दा बढी समयका लागि लाइसेन्स वितरण गर्नु पर्छ । साना उद्योगहरुका लागि केही विशेष प्याकेज ल्याएर उनीहरुका लागि सहायता योजनाको सिर्जना गर्नु पर्छ ।

६. थोक तथा खुद्रा व्यापार

अहिले कच्चा वस्तु आयात गर्न धेरै समस्या भइरहेको छ। यो लकडाउनले धेरै चिज वस्तुहरुको माग पनि कम हुनेछ । दैनिक उपभोग्य वस्तु बाहेक अन्य धेरै क्षेत्रमा नगदको अभाव सिर्जना हुने ।

सुधार गर्न के गर्ने ?

यसका लागि ब्याज र भुक्तानीमा छुट दिनु पर्छ । थोक तथा साना खुद्रा व्यापारीहरूको लागि बैंक वित्तीय क्षेत्रहरुले सावा तथा व्याजको समावधि बढाउन आवश्यक  छ।

थोक खुद्रा व्यापारका लागि आवश्यक सामानहरूको आयात निर्वाद रुपमा स्वीकृत गरिनु पर्छ   ।ती सामानहरुको मूल्य घटाउनु पर्छ । सामाजिक दूरी राख्ने नियम अनुसरण गर्दै बजार चरणबद्ध रूपमा खोलिनु पर्छ ।

७. बैंक वित्तीय क्षेत्रको अवस्था

साना बैंक तथा वित्तीय संस्थाहरुले अब नगदको संकट सामाना गर्नु पर्ने हुन सक्छ । विभिन्न सवारी साधन, अटो पुर्जा, यात्रा, भवन, खुद्रा, घर जग्गा क्षेत्रहरुमा नन्र पफर्मिङ लन (एनपीए) बढ्नेछ । अब ग्राहकहरुले विश्वसनीयतामा पनि ध्यान दिन्छन् ।

कसरी सुधार गर्न सकिन्छ ?

अब ऋणको श्रेणी तय गर्नु पर्छ । थोरै कर्ज किस्ता दिने निर्णय केही समय रोक्नुपर्छ । जसले बैंकर्लाइ बजबुद र पहिलेकै अवस्थामा रहन सहयोग पुग्छ । बैंकको आफ्नो नीतिनियमलाई व्यवहारिक रुपमा लागु गर्न आवश्यक छ । एक वर्षका लागि छिट्टै परिवर्तन गर्छु वा सुधार ल्याउँछु भन्ने भ्रम वा महत्वाकांक्षी योजना बनाउन उचित हुँदैन । सबै व्यवसायहरूको लागि ऋणका पुर्नमुल्यांकन अर्थात पुर्नसंयोजन समान रुपले गर्न आवश्यक छ।

८. साना तथा मझौला उद्योग संकटमा

लकडाउनले कच्चा वस्तुको मूल्यमा उतार चढाव आइरहेको छ । र अझै पनि यो क्रम रहिरहने देखिन्छ । साना तथा मझौला उद्योगीहरुको उत्पादन स्थिरता र नगद प्रवाहको संकट पर्ने देखिन्छ । दैनिक ज्यालादारी गर्ने कामदार तथा श्रमिकहरुका लागि यो समय धेरै ठूलो समस्याका रुपमा स्थापित हुनेछ । उनीहरुले आफ्नो रोजिरोटी गुमाउने छन् । कोरोना भाइरसले सबैभन्दा बढी ग्रसित युरोप र अमेरिकाको निर्यातले हाम्रो जस्तो देशहरुलाई लामो समयसम्म असर गर्नेछ ।

यसमा कसरी सुधार गर्ने ?

अग्रिम कर भुक्तान ६ महिना सम्मका लागि रोक्नु वा सार्नु पर्छ ।  वस्तु तथा सेवाको कर र अन्य करको रिफण्डको भुक्तान तुरुन्त गर्नु पर्छ । साना तथा मझौला उद्योगीहरुलाई तीन महिना सम्म नन पफमिङ लन श्रेण्ीमा राख्नु हुँदैन । सरकारले ५० प्रतिशतसम्म तलब भुक्तानी गर्न सक्नु पर्छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमकाे सहयाेगमा

Share News