लकडाउन बैशाख १५ गतेसम्म कायमै राख्ने सरकारकाे निर्णय

<p>काठमाडौं । हाल भइरहेकाे लकडाउन बैशाख १५ गतेसम्म कायमै राख्ने सरकारले निर्णय गरेकाे छ । मंगलबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले लकडाउन बैशाख १५ सम्म राख्ने निर्णय गरेकाे हाे । बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद्काे बैठकले साे निर्णय गरेकाे हाे । विश्वभर फैलिरहेकाे काेराेना भाइरसकाे जाेखिम कम गर्न सरकारले लकडाउन बढाउने निर्णय गरेकाे बताइएकाे छ । [&hellip;]</p>

काठमाडौं । हाल भइरहेकाे लकडाउन बैशाख १५ गतेसम्म कायमै राख्ने सरकारले निर्णय गरेकाे छ । मंगलबार बसेकाे मन्त्रिपरिषद्काे बैठकले लकडाउन बैशाख १५ सम्म राख्ने निर्णय गरेकाे हाे ।

बिहान ११ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद्काे बैठकले साे निर्णय गरेकाे हाे । विश्वभर फैलिरहेकाे काेराेना भाइरसकाे जाेखिम कम गर्न सरकारले लकडाउन बढाउने निर्णय गरेकाे बताइएकाे छ ।

सरकराले चैत ११ गते लकडाउन घोषणा गरेको थियो । पहिले सरकारले चैत १८ त्यसपछि २५ र बैशाख ३ गतेसम्म लकडाउनको घोषणा गरेको थियाे । अब भने बैशाख १५ सम्म लकडाउन कायमै रहनेछ ।

यस्तै, सीमा नाका भने बैशाख १८ गतेसम्म बन्द नै रहने निर्णय भएकाे छ । सीमा नाकाबाट काेराेनाकाे बढी जाेखिम हुने भएकाेले सरकारले सीमा नाका भने १८ गतेसम्मकाे लागि बन्द गर्ने निर्णय गरेकाे बताइएकाे छ ।

लकडाउन हुनुअघि नेपालमा कोरोना संक्रमितको संख्या २ थियो। हाल नेपालमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ। काेराेना भाइरसकाे जाेखिम झन बढ्दै गएपछि सरकारले लकडाउन बढाउने निर्णय गरेकाे बताइएकाे छ । सरकारले देशमा याे भाइरसकाे जाेखिम न्युनिकरणका लागि विभिन्न प्रयासहरू गरिरहेकाे छ ।

Share News