
काठमाडौं । हरपल फुड्स प्रा.लि.ले ३५० जना विभिन्न परिवारलाई खाद्यान्य सामाग्री वितरण गरेको छ । फुड्सका अध्यक्ष, युवा व्यवसायी एवं समाजसेवी जनक बहादुर धामीको अगुवाइमा बर्दिया जिल्ला क्षेत्र नं. २ ख बाट तथा कालीकोटबाट काठमाडौं आई बसोवास गरी विभिन्न क्षेत्रमा काम गर्ने कामदारहरुलाई खाद्यान्न सहयोग गरेका हुन् ।
कोरोना भाइरस(कोभिड १९) का कारण अािथक अभावमा परेका करीव ३५० जनाभन्दा बढी मजदुर तथा कामदार एवं विपन्न वर्गलाईहरुलाई काठमाडौका विभिन्न क्षेत्रमा गएर उनी लगायतका टोलिले खाद्यान्न (चामल, दाल, नुन, तेल,मस्यौरा) लगायतका खाधान्न सामाग्री उपलब्ध गराएको हो ।
हाल विश्वभर फैलिएको महामारी कोरोना भाइरसका कारण देशमा बिगत १९ दिनदेखि सरकारद्वारा गरिएको लकडाउनका कारण विशेष गरी दैनिक ज्याला मजदुरी गर्ने कामदार तथा मानिसहरु सबैभन्दा बढी मारमा परेको देखिएको छ । यस्तो अवस्थामा हरपल फुड्स सदैव सहयोगको हातहरु अगाडि बढाउँदै उनीहरुको जीवन रक्षाको लागि अगाडि आएर सहयोग गरेको जनक बहादुर धामीले बताए ।
कोरोना कोभिड १९ भाइरसले बिश्वमा आक्रान्त मच्चाइरहेको बेला यसै सहयोगलाई निरन्तरता दिँदै आम नागरिकको स्वास्थ्य सुरक्षाको अभियानलाई थप मजबुद बनाउन, बर्दिया जिल्ला क्षेत्र नं. २ अन्तर्गतको गेरुवा गाउँपालिकाको स्थानीय राहत कोषमा एक लाख एक हजार रुपैयाँ नगद सहयोग गरिसकेको जानकारी गराएको छ ।