काठमाडाैं । विश्वभर महामारीका रूपमा फैलिरहेकाे काेराेना भाइरस (काेभिड १९) काे कारण १ सय ७० देशको प्रतिव्यक्ति आय घट्ने प्रअनुमान गरिएकाे छ । अन्तर्राष्टिय मुद्रा कोष (आईएमएफ) ले १ सय ७० देशको प्रतिव्यक्ति आय घट्ने प्रक्षेपण गरेको हाे ।
विश्वभर संक्रमण झन बढ्दै गएपछि उसले ती देशकाे प्रतिव्यक्ति आय घट्ने बताएकाे छ । याे भन्दा अगाडि उसले १ सय ६० देशको प्रतिव्यक्ति आम्दानी बढ्ने प्रक्षेपण गरेको थियो । तर, कोरोनाले चौतर्फी असर गरेपछि आइएमएफले आफ्नै प्रक्षेपण उल्ट्याएको हो ।
आइएमएफकी प्रवन्ध निर्देशक क्रिस्टालिना जर्जिभा विश्वभरको सरकारले ८० अर्ब डलरको आर्थिक सहायता प्याकेज घोषणा गरेको बताइन् । ‘कोरोनाले सन् २०२० मा संकट ल्याउनेछ र अवस्था सामान्य हुँदै गए सन २०२१ म विश्वको आर्थिक अवस्था सुधारतर्फ जानेछ’, आइएमएफले भनेको छ ।
काेराेनाकै कारणले गर्दा विश्व अर्थतन्त्रमा पनि ठूलै असर परेकाे छ । दैनिक लाखाैं मानिसहरूले जागिर गुमाइरहेका छन् । विश्वकाे सबैभन्दा ठूलाे शक्तिशाली राष्ट्र अमेरिकामा मात्र तीन सातामा १ करोड ६८ लाख अर्थात (१६ं.८ मिलियन) मानिसले जागिर गुमाएका छन् । विश्वभर फैलिरहेको कोरोना भाइरस ( कोभिड १९)को कारण उनीहरुले आफ्नो जागिर गुमाएका हुन् ।
यसरी नै विश्वमा जागिर गुमाउनेहरू पनि बढ्दै गएका छन् भने प्रतिव्यक्ति आय पनि घट्दै गएकाे छ । विभिन्न क्षेत्रमा यसले नाेक्सान गरिरहेकाे अवस्था छ । विश्वमा अर्थतन्त्रमा गिरावट आउन थालेसँगै दैनिक रोजगारी गुमाउनेको संख्या पनि बढ्दै गएको छ । अझैँ पनि धेरैको रोजगारी गुम्न सक्ने अनुमान गरिएको छ ।