
काठमाडौं । नेपाल आयल निगमले कोरोना रोकथाम कोषमा ५० करोड रुपैयाँ सहयाेग गरेकाे छ । निगमले बिहीबार(आज) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हाे ।
निगमको चैत १९ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा उक्त रकम सहयोग गर्ने घोषणा गरेको थियो । सोही निर्णय बमोजिम कम्पनीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई राहत स्वरुप उक्त रकमको चेक हस्तान्तरण गरेको जानकारी गराएकाे छ ।
अहिले सरकारले काेराेना भाइरसकाे जाेखिम न्युनिकरणका लागि विभिन्न संघ संस्थाहरूले सहयाेग गरिरहेका छन् । सरकारले यसकाे राकथाम तथा न्युनिकरणका लागि लक डाउनकाे पनि घाेषणा गरेकाे छ ।
