काठमाडौं । होण्डा नेपाल र नेपाल मेडिकल एसोसियसनको संयुक्त सहकार्यमा कोरोना हेल्प लाईन सेन्टरको स्थापना भएको छ । कोरोना भाईरस(कोभिड-१९) ले गर्दा उत्पन्न भएको माहाभारीको समयमा आवश्य सहयोग एवम् जानकारी दिने उद्देश्यले उक्त हेप्प लाईनको स्थापना गरिएको हो ।
यदि तपाईं वा तपाईंको कोहि कसैमा कोरोना सम्बन्धि कुनै लक्षण देखिएमा वा शंका लागेमा वा जानकारी चाहिएमा हेप लाइन नम्बरमा सम्पर्क गर्न सक्ने होण्डा नेपालले जनाएको छ । जसका लागि हेल्प लाईन नम्बर ०१–५९७०००९ मा कल गरी डाक्टरको सल्लाह लिन सकिने छ ।