काठमाडौं । विश्वव्यापी रुपमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलिएसँगै नेपाल सरकारले अति आवश्यक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्न निर्देशक दिएको थियो ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघले उद्योगी व्यवसायीलाई कोरोना भाइरसको प्रकोपबाट सुरक्षित राख्नका लागि अति आवश्यक उद्योग र व्यवसाय मात्र संचालन गर्न निर्देशन दिएको हो ।
आजबाट न्युरोडका अधिकांश पसल बन्द भएकाे जानकारी दिँदै सरकारबाट निर्देशित अन्य क्षेत्रहरू बन्द गरी आफू पनि बच्न र अरुलाई पनि बचाउन महासंघका अध्यक्ष नरेश कटुवालले आग्रह गरेका छन् ।
‘नेपाल संकटको घडीमा रहेको छ, सबै आपतकालीन निर्णयहरुलाई सिरोपर गर्दै व्यवसायिक धर्म र संवेदनशीतलाई ख्याल गरी आवश्यक सहयोग गर्नु पर्नेछ’ अध्यक्ष कटुवालले भने ।
