कलंकीका एक घरबेटीले गरे तीन महिना भाडा नलिने घोषणा

<p>काठमाडौं । काठमाडौंको कलंकीका घरधनी हरिहर लामिछानेले ३ महिनासम्मको घरभाडा नलिने घोषणा गरेका छन्। कोरोनाको जोखिम बढेसँगै सरकारले उच्च सतर्कता अपनाएको छ। पढाई तथा जागिरका लागि काठमाडौंमा रहेका मानिसहरु गाँउ फर्कन थालिसकेकाे याे अवस्थामा भाडा लिनु नलिने कुरा सामाजिक संजाल मार्फत जानकारी गराएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस मार्फत लामिछानेले आफ्नो घरमा बस्नेहरुलाई चैतदेखि ३ [&hellip;]</p>

काठमाडौं । काठमाडौंको कलंकीका घरधनी हरिहर लामिछानेले ३ महिनासम्मको घरभाडा नलिने घोषणा गरेका छन्। कोरोनाको जोखिम बढेसँगै सरकारले उच्च सतर्कता अपनाएको छ। पढाई तथा जागिरका लागि काठमाडौंमा रहेका मानिसहरु गाँउ फर्कन थालिसकेकाे याे अवस्थामा भाडा लिनु नलिने कुरा सामाजिक संजाल मार्फत जानकारी गराएका हुन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस मार्फत लामिछानेले आफ्नो घरमा बस्नेहरुलाई चैतदेखि ३ महिनादेखि ३ महिनासम्मको भाडा नलिने घोषणा गरेका हुन।

आफूले प्रचारबाजीको लागि मात्र नभई दुःखको बेला मानवीय सेवाको भावले यस्तो निर्णय लिएको बताए। कलंकी स्थित आफ्नो निवासमा बहालमा बसेका सबैको ३ महिनाको घरभाडा मिनाहाको घोषणा गर्ने व्यक्ति उत्तरी मकवानपुर स्थित थाहा नगरपालिकाको चित्लाङका हरिहर लामिछाने हुन् ।

Share News