३० लाख सिलिण्डर ग्यास स्टक छ: उद्योगमन्त्री भट्ट

<p>काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारसँग २० देखि ३० लाख सिलिण्डर ग्यास भर्न सकिने क्षमता रहेको बताएका छन् । बजारमा डिजेल पेट्रोलको र ग्यासको अभाव नभएको बताउँदै उनले सरकारसँग २० देखि ३० लाख सिलिन्डर ग्यास भर्न सक्ने मौज्दात रहेको बताएका हुन्। बिहीबार सञ्चार मन्त्रालयमा नियमित हुने पत्रकारसम्मेलनमा उनले सो कुरा बताएका हुन् [&hellip;]</p>

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले सरकारसँग २० देखि ३० लाख सिलिण्डर ग्यास भर्न सकिने क्षमता रहेको बताएका छन् ।

बजारमा डिजेल पेट्रोलको र ग्यासको अभाव नभएको बताउँदै उनले सरकारसँग २० देखि ३० लाख सिलिन्डर ग्यास भर्न सक्ने मौज्दात रहेको बताएका हुन्। बिहीबार सञ्चार मन्त्रालयमा नियमित हुने पत्रकारसम्मेलनमा उनले सो कुरा बताएका हुन् ।

‘अनुगमन गरिरहेका छौं । सबैसँग सहकार्य र समन्वय भइरहेको । खाद्यान्न ६ महिनासम्मका लागि मौज्दात, औषधि ८ महिना, नुन १० र चिनी ३ महिनाका लागि मौज्दात छ । खाद्यान्नको लागि पाँच वटा सुपथ मूल्यका पसल सुरु गर्दैछाैं’ उनले भने।

सबै प्रदेशसँग समन्वय गरी अभाव भएको ठाउँमा पठाउने जानकारी दिँदै पेट्रोल डिजेलमा समस्या नभएकाे र ग्यास व्यवसायीलाई व्यवस्थापन गर,  नभए त्यसको उपर आफै कदम चाल्छौं भनिरहेकाे जानकारी दिएका छन् ।

Share News