काठमाडौं । एकै दिन सुन प्रतितोला १ हजार ५ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बिहीबार प्रतितोला ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
बुधबार प्रतितोला ७६ हजार २ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन बिहीबार प्रतितोला ७४ हजार ७ सय रुपैयाँमा बिक्री भइरहेको छ ।
त्यस्तै बुधबार प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भएको चाँदी एकै दिनमा ३० रुपैयाँले घटेर ६ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।