तत्काललाई ६ हजार जनशक्तिको दरबन्दी पदपूर्ति, ५ प्रतिशत व्याजमा ऋण

<p>काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसालले किसानले प्राविधिक सेवा  पाउने ग्यारेण्टी दिँदै तत्कालका ६ हजार दरबन्दीमा अविलम्व पदपूर्ति गर्ने बताए । बुधबार पत्रकार सम्मेलन गर्दै स्थानीय तहमा रहेका करिब आठ हजार कृषि तथा पशु सेवातर्फका प्राविधिक जनशक्तिको दरबन्दी रहेको र हालका लागि ६ हजारलाई रोजगारी दिने घोषणा गरेका हुन् । लामो समयसम्म मौनतामा रहेका [&hellip;]</p>

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसालले किसानले प्राविधिक सेवा  पाउने ग्यारेण्टी दिँदै तत्कालका ६ हजार दरबन्दीमा अविलम्व पदपूर्ति गर्ने बताए ।

बुधबार पत्रकार सम्मेलन गर्दै स्थानीय तहमा रहेका करिब आठ हजार कृषि तथा पशु सेवातर्फका प्राविधिक जनशक्तिको दरबन्दी रहेको र हालका लागि ६ हजारलाई रोजगारी दिने घोषणा गरेका हुन् ।

लामो समयसम्म मौनतामा रहेका मन्त्री भूसालले आफ्नो परीक्षाका लागि आफैले प्रश्न उठाएको भन्दै कृषकले उत्पादन गरेका हरेक सामानको मूल्य तोक्ने र बिक्री भए सरकारले खरिद गर्ने जानकारी दिए ।

‘हरेक किसानलाई ५ प्रतिशत नबढ्ने गरी व्याजमा सुलभ ऋण प्रदान गर्नुका साथै सहुलियत ऋणमा वास्तविक किसानको पहुँच ग्यारेन्टी नभएको अहिलेको अवस्था अन्त्य गरिनेछ’ कृषिमन्त्री भूसालले भने ।

किसानलाई न्यूनतम बचत हुने कृषि उत्पादन व्यवस्थातर्फ ध्यान दिँदै कृषि उत्पादनमा दिगोपना सिर्जना गर्न पाँच नीतिगत आधारलाई अगाडी बढाउने कृषिमन्त्री भूसालले जानकारी दिए ।

उनले पन्चनीति  सार्वजनिक गर्दै भने, ‘ उत्पादन सामग्री अनुदान, कृषकलाई सहुलियत कर्जा, घरदैलो प्राविधिक सेवा टेवा, बाली तथा पशुपन्छी बीमा र न्यूनतम बचतको ग्यारेण्टीलाई आधार शिला मान्दै आगामी दिनमा मन्त्रालय काम कार्य गर्ने तथा दलाल पुँजीवादलाई निरुतसाहित गर्नेछु ।’

 

Share News