काठमाडौं । बुधबार सुन प्रतितोला एकै दिन हजार रुपैयाँले बढेको छ । गत मंगलबार प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन बढेर ७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
साताको तेस्रो दिन/मंगलबार ७५ हजार २ सय रुपैयाँमा बिक्री भएको तेजावी सुन बुधबार ७६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै चाँदी भने सोही मूल्यमा अर्थात ७ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो ।