
काठमाडाैं । नेपालका लागि मोटरहेड मोटरसाइकल कम्पनीको आधिकारीक बिक्रेता एस.एल.आर. टेक्नो एण्ड ट्रेड प्रा. लि. ले सुनसरीको इटहरीमा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । शोरुमकाे उद्घाटनका प्रमूख अतिथि इटहरीका समाजसेवी सोनु ज्यन्ती र मोटरहेड मोटरसाइकल ब्राण्डका मार्केटिङ्ग म्यानेजर साइमन रसाइलीले संयुक्त रूपमा गरेका हुन् ।
कम्पनीले इटहरीका व्यावसायी इन्द्र पौडेलको स्वामित्वमा रहेको पौडेल ट्रेडर्स डिलरसीपमा मोटरहेड कम्पनीको सम्पूर्ण ६ ओटै मोडेलहरु उपलब्ध गराएको छ ।

हाल उक्त शोरुममा मोटरहेडका १५० सीसी देखि लिएर २५० सीसी सम्मका मोटरसाइकलहरु उपलब्ध रहेको पौडेल ट्रेडर्सका सञ्चालक इन्द्र पौडेलले जानकारी दिए ।
मोटरहेडले आफ्ना मोटरसाइकलहरु नेपाली भौगोलिक बनावटप्रति लक्षित गरेको छ भने ग्राहकहरुले पनि न्यूनतम मूल्यमा डर्ट मोटरसाइकल चढ्ने आफ्नो सपनालाई पूरा गर्न सकेका छन् ।