काठमाडौं । सेन्हाइजर इलेक्ट्रोनिक्स एशिया पिटिइएलटिडीले आफ्नो उत्पादनको वितरकमा नियोटेरिक नेपाललाई नियुक्त गरेको छ । नेपालमा सेन्हाईजरका वितरण विस्तार गर्नको लागि विशेष वितरकको रुपमा नियोटेरिक नेपाललाई नियुक्त गरिएको हो ।
नेपालमा आईसिइटी (इन्फरमेशन, कम्यूनिकेसन एण्ड इन्टरटेनमेन्ट टेक्नोलोजि) वितरणमा संलग्न नियोटेरिक नेपालकै एक कम्पनी हो । उपभोक्तादेखि थोक विक्रेतासम्म सम्बन्ध भएको नियोटेरिक सेन्हाइजर एशियाको हेडफोन र होम अडियो स्पिकर विक्री वितरण गर्दै आएको सेन्हाइजरले जानकारी दिएको छ ।
नियोटेरिकसँगको सहकार्यले सेन्हाइजरको एशियाली क्षेत्रमा व्यापार विस्तार कार्यमा थप सहयोग पुग्ने विश्वास लिइएको छ ।
सेन्हाईजर हेडफोन, लाउडस्पिकर, माईक्रोफोन र वायरलेस ट्रान्समिशन प्रणालीको निर्माता कम्पनी हो । यस्तै, नियोटेरिक नेपाल भने आइसिइटी (इन्फर्मेसन कम्युनिकेसन एण्ड इन्टरटेनमेन्ट टेक्नोलोजि) मा एउटा महत्वपुर्ण स्थान बनाएको कम्पनी हो ।