डिशहोमको प्रायोजनमा रियालिटी शो ‘सुनौलो तारा’

<p>काठमाडौं । प्रत्येक हप्ताको शुक्रबार र शनिवार एक फरक रियालिटी शो ‘सुनौलो तारा’ प्रशारण हुने भएको छ । डिशहोमकाे प्रायाेजनमा उक्त कार्यक्रम संचालन हुनेछ । निम्न आर्थिक अवस्था भएका वालवालिकाहरुको प्रतिभालाई उजागर गर्नका लागी फरक टेलिभिजन कार्यक्रम डिशहोमले निर्माण तथा प्रशारण गर्न थालेको हो । नेपाल भरीका विभिन्न सरकारी विद्यालय तथा बाल संस्थामा ४ सयभन्दा वढी वालवबलिकाहरुको अडिसन [&hellip;]</p>

काठमाडौं । प्रत्येक हप्ताको शुक्रबार र शनिवार एक फरक रियालिटी शो ‘सुनौलो तारा’ प्रशारण हुने भएको छ । डिशहोमकाे प्रायाेजनमा उक्त कार्यक्रम संचालन हुनेछ । निम्न आर्थिक अवस्था भएका वालवालिकाहरुको प्रतिभालाई उजागर गर्नका लागी फरक टेलिभिजन कार्यक्रम डिशहोमले निर्माण तथा प्रशारण गर्न थालेको हो ।

नेपाल भरीका विभिन्न सरकारी विद्यालय तथा बाल संस्थामा ४ सयभन्दा वढी वालवबलिकाहरुको अडिसन पछि छानिएका ४० जनाको प्रतिभा प्रस्तुत गर्नेछ ।
डिशहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा चैत १ गते शनिवार देखीप्रशारण शुरु हुने यो कार्यक्रम हरेक हप्ता शुक्रवार र शनिवार राती ८ः३० वजे प्रशारण हुने छ । रियालिटी टिभी डिशहोमको सम्पुर्ण प्याकेजका ग्राहकहरुको लागी उपलव्ध गराईएको छ ।

शुशिला आर्टस् एकेडेमीको परिकल्पनामा तयार गरिएको यो कार्यक्रमलाई सिल्भर माउण्टेन स्कुल अफ होटल म्यानेजमेन्टले सह प्रायोजन गरेको छ । यस कार्यक्रममा प्रथम, द्वितिय र तृतियहुने सहभागीहरु लाई क्रमशःनगद ५ लाख रुपैयाँ, ३ लाख रुपैयाँ र १ लाख रुपैयाँ डिशहोमले प्रदान गर्नेछ ।

Share News