सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घट्यो, ८१ हजार ५ सयमा कारोबार

<p>काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा बिहीबार ८१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार प्रतितोला ८२ हजारमा कारोबार भएको तेजावी सुन बिहीबार ८ सय रुपैयाँ घटेर प्रतितोला ८१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, [&hellip;]</p>

काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ८२ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा बिहीबार ८१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार प्रतितोला ८२ हजारमा कारोबार भएको तेजावी सुन बिहीबार ८ सय रुपैयाँ घटेर प्रतितोला ८१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी तोलामा २० रुपैयाँ घटेर प्रतितोला ८ सय ६० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

Share News