काठमाडाैं । कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले उखु किसानले पाउनु पर्ने मूल्य भुक्तानी गर्ने प्रतिवद्दता गरेका छन् । मन्त्री भुसालले किसानले पाउनु पर्ने भुक्तानी दिलाउन आफु भरपुर सहयाेग गर्ने प्रतिवद्दता गरेका हुन् ।
उखु किसान रामबाबु दासको नेतृत्वमा ८ जना मंगलबार पुल्चोकस्थित मन्त्रीनिवासमा मन्त्री भुसाललाई भेट्न पुगेका थिए । लामो समयसम्म आफूले बगाएको पसिनाको मूल्य नपाएपछि काठमाडाैं आइ पुगेका हुन् । बर्षाैंदेखि उत्पादन गरेर बिक्री गरेको उखुको मूल्य नपाउँदा मूल्य खोज्दै किसान राजधानी आएका हुन् ।
उखुको मूल्य भुक्तानी नपाएसम्म गाँउ नफर्किने सोचमा रहेका २ सय उखु किसान २५ हजार किसानको नेतृत्व गर्दै आफ्नो उखु मिलको मालिकसँगै मूल्य खोज्न काठमाडौं आएका बताउँछन् । सर्लाहीका उखुको मूल्य नपाएका सर्लाहीका किसानहरु विगत १५ दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा शान्ती पूर्ण आन्दोलन गरिरहेका छन् ।
सर्लाहीका करिब २५ हजार किसानले ६ वर्षदेखि उखुको मूल्य पाएका छैनन् । सर्लाहीमा रहेको अन्नपूर्ण सुगर मिल र महालक्ष्मी सुगर मिलले ७१ करोड रुपैयाँ किसानको पैसा भुक्तानी गरेको छैनन् ।