मोबाइल बैंकिङमा सर्वसाधारणको पहुँच बढ्दै, एक वर्षमा पौन ३३ लाख ग्राहक थपिए

<p>काठमाडौं । नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ८३ लाख ४७ हजार पुगेको छ । यो गत असार मसान्तसम्मको तथ्यांक हो । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ५० लाख ८६ हजार थियो । एक वर्षको अवधिमा ३२ लाख ६१ हजार मोबाइल बैंकिङ प्रयोगकर्ता बढेका छन् । ग्राहकको सहजता र [&hellip;]</p>

काठमाडौं । नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ८३ लाख ४७ हजार पुगेको छ । यो गत असार मसान्तसम्मको तथ्यांक हो । नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ५० लाख ८६ हजार थियो । एक वर्षको अवधिमा ३२ लाख ६१ हजार मोबाइल बैंकिङ प्रयोगकर्ता बढेका छन् ।

ग्राहकको सहजता र क्यासलेस कारोबारको सबैभन्दा महत्ववपूर्ण माध्ययमका रूपमा मोबाइल बैंकिङलाई हेरिएको छ । प्रविधिको विकासले आम ग्राहकले आफ्नो हातमा रहेको मोबाइलबाटै सहजबैंकिङ सेवा र क्यासलेस कारोबारको विकासका लागि मद्दत गर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।

‘यो तथ्यांकले अबको बैंकिङ भनेको मोबाइल बैंकिङनै भएको प्रमाणित गरेको नेपाल बैंकर्स संघका अध्यक्ष तथा एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले बताए । ‘मोबाइल बैंकिङ भनेको बैंकको आउने अध्याय हो ।’ जानकारहरूका अनुसार विस्तारै मान्छेहरूले क्यासलेसमा विश्वास गर्न थालेका छन् । ग्राहक बैंकमा गएर कारोबार गर्न रुचाउँदैन, एटीएम धाउन पनि रुचाउँदैन् त्यस्तोमा मोबाइल बैंकिङ मानिसको विकल्प हुँदै गएको छ ।

नेपालको बैंकिङ क्षेत्रमा पछिल्लो समय प्रयोगमा आएका मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, एटीएम, इलेक्ट्रोनिक कार्ड पेमेन्ट, स्विपकार्ड जस्ता प्रविधिले बैंकको लागत पनि घटाएको छ । यसले शाखा खोल्दा लाग्ने लागत, कर्मचारी व्यवस्थापन लागतमा समेत कमी आएको छ ।
सन् २००५ मा पहिलोपटक स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट मोबाइल बैंकिङ सेवा सुरुवात भएको हो । सुरुमा यो एसएमएस बैंकिङका रूपमा आफ्नो खातामा भएको निक्षेपका वारेमा जनाकारी गराउने सुविधाको रुपमा विकास गरिएको हो ।

सन् २००९ मा आएर नेपालमा लक्ष्मी बैंकले मोबाइल मनिको सुरुवात गरेको थियो । यसको सुरुवातसँगै म्यासेजमार्फत खाताको जानकारी, कारोबार भएको सूचना, आफ्नो खाताबाट अर्को खातामा पैसा ट्रान्सफर गर्ने, मोबाइल रिचार्ज गर्ने जस्ता व्यवस्था मिलाइएको थियो ।

२०१४ मा आएर ग्लोबल आईएमई बैंकले पहिलोपटक मोबाइल स्मार्ट बैंकिङको सुरुवात गरेको हो । ग्लोबल बैंकले पहिलो पटक एसएसएस प्रणाली छाडेर इन्टरनेटमा आधारित भएर चल्ने स्मार्ट बैंकिङको सुरुवात गरेको हो ।

हाल यसमार्फत एक बैंकबाट अर्को बैंकमा पैसा पठाउन, स्कुल, एनटीसी, एनसेल, इन्टरनेट सेवा प्रदायक कम्पनीको पैसा तिर्न, डेभिट/क्रेडिट कार्डका लागि फारम भर्न, खातामा भएको हेरफेर, अनलाइन किनमेल, बिजुली पानीको पैसा तिर्न सकिनेछ ।

Share News