सांग्रिला डेभलपमेन्ट बैंकद्वारा एक लाख ११ हजार सहयोग हस्तान्तरण

<p>काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सुनसरी जिल्लाको धरान–१४ स्थित विजयपुर आध्यात्मिक मञ्चलाई वित्तीय सहयोग प्रदान गरेको छ । एक लाख एघार हजार रुपैयाँको चेक बैंकको तर्फबाट धरान शाखाका प्रबन्धक विप्लवराज खनालले विजयपुर आध्यात्मिक मञ्चका अध्यक्ष पितरुमल अग्रवाललाई हस्तान्तरण गरेका हुन् । उक्त आर्थिक सहयोगले सिंहदेवी मन्दिरदेखि दुई धारे पथ हुँदै विजयपुर चोक सम्मको पैदल [&hellip;]</p>

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले सुनसरी जिल्लाको धरान–१४ स्थित विजयपुर आध्यात्मिक मञ्चलाई वित्तीय सहयोग प्रदान गरेको छ ।

एक लाख एघार हजार रुपैयाँको चेक बैंकको तर्फबाट धरान शाखाका प्रबन्धक विप्लवराज खनालले विजयपुर आध्यात्मिक मञ्चका अध्यक्ष पितरुमल अग्रवाललाई हस्तान्तरण गरेका हुन् ।

उक्त आर्थिक सहयोगले सिंहदेवी मन्दिरदेखि दुई धारे पथ हुँदै विजयपुर चोक सम्मको पैदल रेलिङ्ग मार्गको निर्माण कार्यमा सहयोग पुग्ने साथै वुढासुब्बा, दन्तकाली मन्दिर तथा पिण्डेश्वर मन्दिर जस्ता शक्तिपिठ रहेको उक्त स्थानमा आन्तरिक पर्यटनमा टेवा पुग्ने बताइएको छ ।

Share News