सिंहदरबारको सम्पत्ति कति ? जवाफ दिन सक्दैन सरकार

<p>काठमाडौँ । सार्वजनिक सम्पत्ति अबैध ढंगले व्यक्तिका नाममा दर्ता गराउने क्रम बढेपछि अर्थ समितिको बैठकमा सिंहदरबारको सम्पत्तिबारे कुरा उठेको छ । प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिको शुक्रबारको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक २०७६ को दफावार छलफलमा सांसदहरुले यस्तो कुरा उठाएका हुन् । सांसदहरुले सिंहदरबारको सम्पत्ति कति छ ? भन्ने कुरा उठाएपछि जवाफमा [&hellip;]</p>


काठमाडौँ । सार्वजनिक सम्पत्ति अबैध ढंगले व्यक्तिका नाममा दर्ता गराउने क्रम बढेपछि अर्थ समितिको बैठकमा सिंहदरबारको सम्पत्तिबारे कुरा उठेको छ ।

प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिको शुक्रबारको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक २०७६ को दफावार छलफलमा सांसदहरुले यस्तो कुरा उठाएका हुन् ।

सांसदहरुले सिंहदरबारको सम्पत्ति कति छ ? भन्ने कुरा उठाएपछि जवाफमा अर्थ सचिव डा. राजन खनालले सरकारसँग यसको तथ्याङ्क नभएको बताए । उनले भने–‘सम्पूर्ण सम्पत्तिको ठेली तयार हुँदैछ, अहिले नै सिंहदरबारको सम्पत्ति कति भन्न सकिदैन ।’
सिंहदरबारको सम्पत्तिको लगत महालेखा नियन्त्रण कार्यालयले राख्ने र त्यसको परीक्षण अर्को निकायले गर्ने व्यवस्था हुनु पर्नेमा अर्थसचिव खनालले जोड दिए ।

छलफलमा उपस्थित अर्थमन्त्री डा. युवराज खतिवडाले पनि स्पष्ट जवाफ दिन सकेनन् । उनले भने-‘तथ्याङ्क संकलन हुँदैछ, छिट्टै सिंहदरबारको सम्पत्ति यत्ति हो भन्ने बारे राज्यले सार्वजनिक गर्छ ।’

पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आफू अर्थमन्त्री भएको बेला नै महालेखालाई पत्र पठाएर सिंहदरबारको सम्पत्तिका बारेमा सरकारले चासो देखाएको बताए । मन्त्री परिषद्बाट नै निर्णय गराएर महालेखालाई पत्र पठाइएको छ-पूर्व अर्थमन्त्री पाण्डेले भने ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी विधेयक २०७६ मा नै देशभरका सार्वजनिक सम्पत्तिको लेखाजोखा बारे समेट्न सकिन्छ कि भन्ने बारेमा सांसदहरुले कुरा उठाएको अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले बताए ।

Share News