काठमाडौं । केही समय यता तरकारीको भाउ आकाशियको छ । वर्षाका कारण तरकारी बालीमा क्षति पुग्नु, भारतबाट आउने तरकारी घट्नु लगायतका कारणले तरकारीको भाउ छोइनसक्नु छ । सँगसँगै बिचौलियाले समेत भूमिका खेलेका छन् । यही कुरालाई मध्ये नजर गर्दै तरकारी ब्यापारलाई व्यवस्थित बनाउन सरकारले अनुगमनलाई तीब्रता दिएको छ ।
चालु आर्थिक वर्षको शुरुवाती १५ दिनमा नै ३० वटा तरकारी बजारमा अनुगमन गरी कार्वाही प्रक्रिया अघि बढाइएको छ । नियम विपरित सञ्चालन भएका तरकारी बजारमा २ हजारदेखी ३० हजार सम्म जरिवाना गर्ने ऐनमा प्रवधान छ ।
सचेत गराउने हिसावले अनुगमन गर्दा पनि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १५ दिनम नै २ लाख रुपैयाँ जरिवाना उठाई सकेको छ । अनुगमनको क्रममा आयात निर्यातको तथ्याङ्क नराखेको, पसल दर्ता नविकरण नगरेका व्यवसायीलाई विभागले कारवाही गरेको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक शोभाखर रेग्मीले भने– ‘तरकारीका बिचौलियालाई अन्त्य गर्न विभाग लागि रहेको छ ।’ हामीले किनेको र बेचेको वबलका आधारमा १५ दिनमा नै ३० वटा तरकारी बजारमा अनुगमन गरी कारवाही गरिसकेका छौँ । किसानले थोरै मूल्यामा बिक्री गर्नु पर्ने र उपभोक्ताले धेरै मूल्यमा खरिद गर्नु पर्ने समस्यालाई मध्यनजर गरेर विभागले अनुगमनलाई अगाडि बढाएको रेग्मीले बताए ।
उनले भने-‘अब अनुगमनलाई अभियानकै रुपमा अगाडि बढाउँर्छाैँ । ’ हामीले महिनामा कम्तिमा पनि ५० वटा तरकारी बजारमा अनुगमन गर्ने लक्ष्य लिएका छौ । त्यसै अनुसार अनुगमन गरेर तरकारीमा सक्रिय रहेका बिचौलियाहरुको अन्त्य गर्ने लक्ष्यमा विभाग अगाडि बडेको रेग्मीले जानकारी दिए ।
विभागले अनुगमनलाई जरिवाना असुल्ने भन्दा पनि तरकारी कारोबारीलाई सचेत गराउनका लागि अनुगमन गरेको बताएको छ । अनुगमनका क्रममा कतिमा तरकारी पसलेले खरिद गरेको हो र उपभोक्तालाई कतिमा वबक्री गरेको हो, त्यसको तथ्याङ्क नै नभेटिएकालाई कारवाही गर्ने गरिएको छ ।
विभागले काठमाडौंको कालिमाटी, बल्खु, बानेश्वर, बलाजु, जडिबुटी, तीनकुने र टुकुचामा अनुगमन गरी तरकारी पसललाई कारवाही गरेको हो । पछिल्लो समय तरकारीको भाउ आकाशियसँगै उपभोक्ताहरुले अनुगमन गर्न विभागलाई अग्रह गरिरहेका छन् ।
देशका विभिन्न ५ वटा शाखाबाट पनि तरकारी बजारको अनुगमन भैरहेको छ । मासिक रुपमा तथ्याङ्क आउने भएकोले विराटनगर, भैरहवा, नेपालगञ्ज र धनगढीमा पछिल्लो १५ दिनमा भएको कारवाहीको तथ्याङ्क आई नसकेको विभागले जनाएको छ ।